जीवनका रंगहरु ( Colors of Life) :मोहन ढकाल एवम् सरोज ढकाल

इनेप्लिज २०७४ भदौ २ गते १:५७ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – मिचिगन राज्यमा बसोबास गर्नु हुने मोहन ढकाल एवम् सरोज ढकाल l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?
अनगिन्ति उपलब्धिहरुको यात्रा |

२) खुशी (Happiness) के हो ?
मनदेखि को सन्तुष्टि |

३) कर्तब्य (Responsibility) के हो ?
हरेक क्षेत्रमा निभाउनु पर्ने दायित्व |

४) सम्बन्ध (Relationship) के हो ?
हरेक संग राख्नु पर्ने कर्तव्य |

५) आत्मीयता (Intimacy) के हो ?

हृदयदेखिको आफ्नोपन |

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता :सुवास ढकाल

 

प्रतिक्रिया