अमेरिका नेपाल सोसाईटीको अपील!

इनेप्लिज २०७४ भदौ १ गते १७:२७ मा प्रकाशित


आदरणीय महानुभावहरू,

अमेरिका नेपाल सोसाइटी आज भन्दा ५० बर्ष अघि १९६७ जनवरी १९ मा अमेरिकी पूर्व राजदूत ईल्सवर्थ बन्कर र नेपाली पूर्व राजदूत पदम् बहादुर खत्रीको बिषेश पहलमा १२५ जनाको उपस्थितीमा अमेरिकाको राजधानी वासिंगटन डिसीको ईन्टरनेसनल क्लबमा गठन भएको थियो। यसको मानार्थ अध्यक्ष र उपाध्यक्ष पद क्रमस ईल्सवर्थ बन्कर र पदम् बहादुर खत्री स्वयंले ग्रहण गरि संस्थाको सभापतीको रूपमा अमेरिकी सैनिकका रिटायर्ड कर्णेल विलियम ग्रासमले नेतृत्व गर्नुभएको थियो।उक्त पहिलो कार्यसमितिमा नेपाली बिधार्थी ठाकुर नाथ पन्तको सहभागिता थियो।

यो संस्थाले समय सापेक्ष गति लियो कि लिएन(?) बहसको बिषय हुन सक्ला तर नेपाल प्रति अगाध स्नेह राख्ने पिसकेोर स्वयं सेवक, यूएसआईडि, सेभ द चिल्ड्रेन लगायतका परियोजनामा नेपालमा काम गरेका बिभिन्न मुलका अमेरिकी नागरिकको पहलमा गठन भएको यो नै सबै भन्दा पुरानो नेपाली संस्था हो भन्नेकुरामा दुईमत नहोला । यस संस्थाको प्रबर्द्धन तथा संम्बर्धनमा आम प्रवासी नेपालीहरू बिनाहिच्किचीहट सहभागी बनी नेपालीको एेतिहासिक धरोहरलाई जोगाउन सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो भन्ने हाम्रो ठहर छ।

यस संस्थाले यहि अक्टूबर ८ तारिखका दिन आगामी २ बर्षे कार्यकालकोलागी नया नेतृत्व चयन गर्ने निधो गरेर सो कार्यकोलागी डा. ठाकुर पुडासैनीको नेतृत्वमा ५ सदस्यीय निर्वाचन मन्डल गठन गरिसकेको छ।प्रमुख निर्वाचन आयुक्त डा. पुडासैनीको नेतृत्वमा आयुक्तहरू क्रमस प्राचार्य माधवी बस्नेत, न्यायाधिबक्ता निरन्जन अधिकारी, पूर्व पिसकेोर भोलेन्टियर न्यान्सी क्षेत्री र गायक ईन्द्र श्रेष्ठले निर्वाचनको कार्यक्रम अगाडी बढाउदै हुनुहुन्छ।

यस गरिमामय संस्थाको आगामी नेतृत्व अझबढी सबल, सक्षम र कर्तव्यनिष्ठ छनौट गर्न डिसी महानगरक्षेत्रमा बसोबासगर्ने प्रवासी नेपाली तथा अन्य नेपाल र नेपालीहरूका शुभचिन्तकहरूको चासो र चिन्ताहुनु स्वभाविक र उत्तिकै आवश्यक पनी छ। बर्तमान कार्यसमितिले अमेरिका नेपाल सोसाइटीलाई सबैको साझा संस्थाको रूपमा बिकासगरी बढीभन्दा बढि सदस्यहरुलाई यस्को मुल प्रबाहमा सामेल हुन बिभिन्न रचनात्मक कार्यक्रम संन्चालन गर्दै आएको तथ्य जगजीहेर नै छ। यसले आफ्नो ५० अौ बर्षगाठ “हेरिटेज नेपाल फ़ेस्टिवल” आयोजना गरि सम्पन्न गरिसकेको छ भने छिटै स्मारिका प्रकाशन गर्ने जमर्को समेत गरिरहेकको छ। संस्थामा ब्यापक जनसहभागिता गराई संगठनात्मक सुदृढ़िकरणकालागी हालैका दिनहरूमा सदस्यता बितरणको अभियानलाई तिब्रता दिईरहेको छ। इच्छुक महानुभावहरूले बेलैमा यसको सदस्यता लिई क्रियाशीलहुन र आफ्नो भूमिका निर्वाहगर्न अमेरिका नेपाल सोसाइटी हार्दिक अपील गर्दछ। संस्थाको बारेमा जानकारी लिन तथा अनलाईन सदस्यता लिन तलको लिंक खोलेर हेर्न सक्नुहुन्छ। “तपाईको सहभागिता, संगठन सुदृढ़ीकरणकालागी अपरिहार्यता”
http://www.americanepalsociety.org/
http://www.americanepalsociety.org/ANSMembershipForm.pdf
America Nepal Society (ANS) Election – Nominations For 2017- 2019 Term
http://enepalese.com/2017/08/141476.html

धन्यवाद !

प्रेम प्रसाद पौडेल
महासचिब
अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसी

प्रतिक्रिया