सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रतिनिधिमण्डलसँग आग्रह

इनेप्लिज २०७४ साउन ३२ गते ११:५२ मा प्रकाशित

काठमाडौँ, ३२ साउन । नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीच सम्बन्ध सञ्जाल विस्तारका लागि आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताउनुभयो ।

सबै क्षेत्रका लागि सञ्जाल महत्वपूर्ण भएको भन्दै अध्यक्ष राणाले नेपालसँगका नाका विस्तार र सुचारु गर्ने सम्बन्धमा दुई पक्षबीच छलफल भएको जानकारी दिँदै भन्नुभयो, “चीनले आयातमा दिने छुटको सम्बन्धमा नेपालमा उत्पादन हुने र निर्यात भइरहेका बस्तु र व्यपारलाई प्राथकिता दिनुुुपर्छ । भन्सार समस्याका बारेमा पनि कुरा भयो ।”

भेटमा उद्योगी व्यवसायीले तातोपानी नाका सुचारु गर्नुपर्ने, दुबै देशको पर्यटन प्रवद्र्धन र नेपालको जडीबुटी व्यापारका सम्बन्धमा पनि कुरा राख्नुभएको थियो ।

भेटमा महासंघका अध्यक्ष राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपालका उद्योग व्यवसायी हुनुहुन्थ्यो ।

प्रतिक्रिया