भारतलाई चेतावनी दिँदै ओलीले– कोशी ब्यारेजको साँचो नेपालले पाउनुपर्छ (भिडियो)

इनेप्लिज २०७४ साउन ३१ गते १३:१६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी ब्यारेजको साँचो नेपालको हातमा हुनुपर्ने बताएका छन् ।

कोशी ब्यारेजका ढोका नखुल्दा बाढी र डुबानले तराई आक्रान्त भइरहेका बेला ओलीले भारतलाई चेतावनी दिँदै कोशी नेपालकै भाग भएकाले त्यसको साँचो नेपालले नियन्त्रणमा राख्नुपर्ने बताए । कोशीको साँचो भारतको हातमा हुनु उचित नभएको ओलीको भनाई छ ।

उनले भने– ‘कोशीमा अहिले पानी रोकेर राख्नुपर्ने आवश्यकता छैन् । नेपाल सरकाले तुरुन्त वार्ता गर्नपर्यो । कोशी ब्यारेजका ढोका खोल्ने नखोल्ने भारतको हातमा छ । यो पनि उचित भएन् । थप कुराकानी गर्नुपर्यो । र नेपालकै हातमा राख्नुपर्यो । नेपालकै भाग हो । नेपालले त्यो साँचो नियन्त्रण गर्नुपर्यो ।’

हेर्नुस् भिडियोः

 

प्रतिक्रिया