तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ मा निशु झा सम्मानित

इनेप्लिज २०७४ साउन ३१ गते १२:५५ मा प्रकाशित

काठमाडौं÷ धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ मा इभेन्ट निर्देशक निशु झा सम्मानित भएका छन् । लामो समयदेखी नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुको प्रतिभाहरुलाई प्रस्फुटन गर्न पु¥याएको योगदानको कदर गर्दै उनलाई अवार्डमा विशेष सम्मान गरिएको हो ।
झाको निर्देशनमा बालबालिका, युवा र विवाहित महिलाहरुसंग सम्बन्धी सौन्दर्य प्रतियोगिता हुँदै आएको छ । रिबन इन्टरनेटमेन्ट र स्टार वन इन्टरनेटमेन्टका इभेन्ट निर्देशक रहेका झा नेपालमा राम्रो सौन्दर्य प्रतियोगिता गर्ने व्यक्तिमा पर्दछन् ।

प्रतिक्रिया