बाढी पीडितलाई पूर्व राजाको यस्तो मार्मिक शन्देश (भिडियो)

इनेप्लिज २०७४ साउन ३१ गते ०:१४ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले तराईमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । साथै उनले बाढीपीडितहरुमा विपत्तिको सामना गर्ने सफलताका लागि ईश्वरसँग प्रार्थनासमेत गरेका छन् । पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुर्‍याएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गरिबक्सेको छ ।

’(भिडियो)

प्रतिक्रिया