बाबुलाई कलेजो दिने सरितालाई जापानबाट आर्थिक सहयोग

इनेप्लिज २०७४ साउन २८ गते २:०६ मा प्रकाशित

२०१७ अगस्त १२ शनिवार
कुमारबज्र l टोकियो
जन्म दिने बाबुलाई ३० प्रतिशत कलेजो दिएर जीवन बचाएकी सरिता महर्जनलाई वर्ल्ड नेवा:अर्गनाईजेशन जापान र नेवा:जागरण मंच जापानले का प्रतिनिधिहरु लगन,गोफलस्थित घरमै पुगेर आर्थिक सहयोग उपलब्ध गराएको छ l

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि नरेन्द्र कुमार शाक्यले १५ हजार रुपैंया आर्थिक सहयोग गरेको हो l त्यस्तै नेवा:जागरण मंच जापान बाट पठाएको १५ हजार रुपैंया नेवा:जागरण मंचका अधक्ष्य सुजीव बज्राचार्य ,सदस्य राजीव राजोपाध्यायको उपस्थितिमा संस्थाका प्रतिनिधि अमृत ताम्राकारज्युले हस्तान्तरण गर्नु भएको हो l

साथै महर्जन र वहांको पिताको स्वास्थको लाभको कामना गर्नु भएको छ  l
https://www.facebook.com/wnojapan/

प्रतिक्रिया