क्यानडा । एनआरएन क्यानडाको अध्यक्षमा गोपी काफ्ले विजयी भएका छन् । देवेन्द्र सुवेदीलाई दोब्बर मतले पराजित गर्दै काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् ।
१७ एनसीसी प्रतिनिधिको मतमा काफ्लेले ११ र सुवेदीले ६ मत पाएका थिए । नेप्लिज क्यानडिएन नेटवर्क अफ क्यानडाका निवर्तमान अध्यक्ष काफ्ले ब्राम्प्टन सिटीबाट सबैभन्दा बाढी मत ल्याएर विजयी भएका हुन् ।
महासचिवमा चिरञ्जीवी घिमिरे विजयी भएका छन् । सचिवमा डा देवी अधिकारी विजयी भएका छन् ।
उपाध्यक्षमा राजकुमार महत, रमेश बनियाँ र माधव दुलाल, कोषाध्यक्षमा सूर्य सापकोटा र प्रवक्तामा रविन्द्रराज घिमिरे भए ।
सदस्यमा विमला सापकोटा, प्रमिला बस्नेत, करुण कार्की, विनोद राना, दीपक श्रेष्ठ, चन्द्र अधिकारी, सुवास गिरी, देवेन्द्र सुवेदी र दिनेश घिमिरे निर्वाचित भएका छन् ।
सम्मेलनको उदघाटन क्यूवा र क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले गरेका थिए ।
प्रतिक्रिया