प्रतिभा परिवारको पहिलो गीति एल्वम ‘प्रतिभा भाग १’ बिमोचन

इनेप्लिज २०७४ साउन २७ गते १३:५६ मा प्रकाशित

काठमाण्डौं २७ साउन । सामाजिक संजाल मार्फत स्थापित गरिएको ‘प्रतिभा परिवार’ को पहिलो गीति एल्वम ‘प्रतिभा भाग १’ को राजधानीस्थित काठमाण्डौंमा भव्य समारोह गर्दै गीति एल्वमको विमोचन गरिएको छ ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा बरिष्ठ साहित्यकार वैरागी काइलाको प्रमुख आतिथ्यमा उक्त गीति एल्वम विमोचन गरिएको हो । ‘भनिन्छ सिर्जना गर्नको लागि कुनै मनमोहक स्थान र मनमोहक ठाउँ चाहिंदैन,त्यस्तै एउटा उदाहरण हो प्रतिभा परिवारको प्रस्तुति सांगीतिक एल्बम ‘प्रतिभा भाग १’ ।’ यस एल्बम प्रदेशमा रहेका गीत-संगीत साहित्य प्रेमीहरुको एउटा संस्था हो । प्रदेशी देश कतार, साउदी, मलेशिया, अफगानिस्तान, कुवेत र लन्डनलगायत देशहरुमा रहने प्रदेशी नेपालीहरुको पहिलो प्रयास ‘प्रतिभा परिवार’ रहेका छन् ।

‘प्रतिभा परिवार’ को पहिलो कोशेली ‘प्रतिभा भाग १’ गीति एल्वमको बिमोचन काठमाडौस्थित मुर्धन्य व्यक्तित्वहरु ,संचारकर्मी, पत्रकार, संगीतकर्मी ,साहित्यकार,गीतकार एवम गायक गायिका श्रोता दर्शक बिच प्रमुख अतिथि प्राज्ञ बैरागी काइलाको बाहुलीबाट गरिएको हो ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि काइँलाले अहिले नेपाली युवाहरू प्रायः वैदेशिक रोजगारमा गएका हुनाले नेपाली संगीत तथा साहित्यको भण्डार थप भरिँदै गरेको बताउदै कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अशोक लोहरूङ, संगीतकार गणेश गुरुङ कवि ,समालोचक , गीतकार , संगीतकार तथा साहित्यकार सुरेश हाचेकाली,गणेश गुरुङ, खगेन्द्र पन्दाक आदि बक्ताहरुले यस एल्वमको मिठो समिक्षा गरेका थिए । कार्यक्रममा नेपाल आयल निगमका एडमिन अफिसर हिरा प्रधान, साहित्यकार राज्यशोभा श्रेष्ठ, कविता राई गाउँले, चन्द्र रोनोहोछालगायत उपस्थिति रहेको थिए ।

उक्त गीति एल्वम ‘प्रतिभा भाग १’ मा ७ वटा गीतहरु समावेस रहेका छन् । लण्डन निवासी जानु काम्बाङ्गले रचना गरेकी ‘माघेनी मेला’ संजय राईले ‘लालसामा’ शव्द रचना गरेका छन् । इक्साहाङ्ग चेम्जोङ्गले रचना गरेका ‘दैव यो कस्तो खेल’ लाई गायक तथा संगीतकार चन्द्र श्रेष्ठको मिठो संगीतलाई इनुशा चेम्जोङ्गले आवाज दिएका छन् भने अशोक लोहरुङ्ग राईले एरेन्ज गरेका हुन् ।

एल्बममा रहेको ‘परदेशै बाट’ बोलको गीतलाई दिलिप राई सागरले शब्द रचना गरेका छन् भने,संगीत देविनवाबू राई ले गरेका हुन् भनेसुमन राई र बसन्ती लिम्बु द्रोणाको स्वर रहेको गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् । ‘हिजोराती’ बोलको गीतमा शब्द संगीत राजा रोबर्ट अजनवीको रहेको छ भने,यो गीतको मेल भर्सनमा कृष्ण श्री वर्देवाको रहेको गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका छन् । यस्तै, ‘बदनाम भो’ बोलको शब्द संगीत देवीनवाबु राईको रहेको छ भने,स्वर सलोनी सुब्बाले दिएकी छन् भने विष्णु अधिकारीले एरेन्ज गरेका छन् । एल्बमको अन्तिम गीत ‘हिजो राती’ शब्द संगीतलाई राज रोबर्ट अजनवीको रहेको गीतलाई नुमा राईले स्वर दिएका छन् ।

सम्पूर्ण कार्यक्रमको व्यबस्थापनको मुख्य भूमिकामा प्रबाशबाट राज रोबर्ट अजनबी ,देबिन बाबु राई ,नुमा राई,इक्साहांग चेम्जोङ्ग रहका थिए भने नेपालबाट अन्जना राई, सलोनी लिम्बू , अमृता सम्बाहाम्फे र पत्रकार देबेन्द्र सुर्केलीको प्रमुख भूमिका रहेको थियो ।

 

प्रतिक्रिया