सुन्दरी प्रेमीका नम्रतालाई यसरी फकाए ह्याण्डसम प्रेमी रञ्जनले

इनेप्लिज २०७४ साउन २६ गते २१:३७ मा प्रकाशित

काठमाडौँ । गायक शरद ढुंगेलको एल्बम प्रतिध्वनीका समावेश गीत तिमी बिनाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलले शब्द शृजना गरेको गीतमा मोडल रञ्जन रिजाल र सुन्दरी नम्रता योगीले जिवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका हुन् । जसको निर्देशन युवराज वाईवाले गरेका हुन् । हालै राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतले प्रेमीले गर्ने चोखो माया केहीसँग पनि तुलना गर्न नसक्ने बताएका छन् । एल्बम र भिडियोको बजार ब्यबस्थापन समेत भाइब्स क्रियशनले गरेको छ ।

प्रतिक्रिया