नेपाल केन्द्रिय सहकारी संघका बरिस्ट उपाध्यक्ष सहित काठमान्डौ जिल्ला सचिब युएइमा ।

इनेप्लिज २०७४ साउन २५ गते ८:०८ मा प्रकाशित

बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीहरुले बचत गर्ने बानिको बिकास गर्दै बिभिन्न नाममा खोलिएको बचत संस्थाहरु बिच हिजो एक कार्यक्रमका बीच छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ ।

बिगत लामो समय देखि शहकारी क्षेत्रमा कार्यरत नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिस्ट उपाध्यक्ष परितोष पौडेल, जिल्ला सहकारी संघ काठमान्डौका सचिब नबराज अर्याल, सहकारीमा विद्या बारिधि गर्दै गर्नु भएकी सिता ढुंगाना जो भर्खरै भएको स्थानीय चुनाबमा धादिंगको गजुरी गाउपालिकाको उपाध्यक्षमा पनि निर्बाचित हुनु भएको छ, उहाहरुको उपस्थितिले युएइमा रहेका सहकारी अझ भनौ बचत समुहलाइ बचत गर्ने र त्यसलाई उर्जासिल क्षेत्रमा लगानी गर्न थप उर्जा प्रदान गरेको छ।

दुबई स्थित एक होटलमा सम्पन्न उक्त भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बचत सम्बन्धि नेपाल सरकारको निती, नियमको बारेमा सबैलाई जानकारी गराउदै बचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिस्ट उपाध्यक्ष पौडेलले प्रबासमा रहेर पनि देश र भबिस्य प्रति जिम्मेवार बन्दै बचत गर्ने बानिको बिकास गरेकोमा खुशि ब्यक्त गर्नु भएको छ।

कार्यक्रममा बोल्दै बचत गरेको रकम नेपालमै उर्जासिल क्षेत्रमा कर्पोरेट स्थरमा लगानी गर्न अभिप्रेरित हुन आग्रह गर्दै, तपाईहरुको बचतलाइ नेपालमा सहकारीको तर्फ बाट प्राविधिक तथा वैधानिक ब्यबस्थापन गर्न सहकारी केन्द्रले अहम भूमिका निर्बाह गर्ने छ, युएइमा रहेका ३ लाख भन्दा बढी नेपालीहरुलाई यो सहाकारी अभियान भित्र समेट्न समेत आग्रह गरेका छन।

आजको दुनिया डिजिटल प्रबिधिबाट चलेको हुनाले आफ्नो बचत तथा लगानी मोबाइलको सफ्टवेयर बाट अपडेट रहन सकिने जानकारी दिदै सम्पूर्ण युएइमा रहेका बचत समुहहरु एक भएर दीर्घकालीन लगानी गर्ने हो भने नेपालमै बिश्वको अग्लो टावर बुर्ज खालिफा बनाउन गार्हो नहुने भन्दै देश अब राजनीतिक दोन्द बाट सम्वृद्धि र बिकाशको दिशामा लम्केकोले देशले के दियो भनेर गुनासो गर्नु भन्दा पनि हामीले देशलाई लगानी गरेर उर्जासिल बनाउन जरुरि रहेको बताए।

नेपाल केन्द्रिय सहकारी संघ काठमान्डौ जिल्लाका सचिब अर्यालले युएइमा रहेका बचत समुहहरुको उर्जासिल कार्यको खुलेर प्रसंसा गरेका थिए, यो उर्जालाई नेपालमा परिबारको बिलासिताको खर्चमा मात्रै ध्यान नदिएर जवानीपछी बुढेसकालको सहारा बनाउन दिर्गकालिन लगानीमा अभिप्रेरित हुन आग्रह गरेका थिए।

त्यस्तै सहकारीमा बिध्यबारिधि गर्दै गर्नु भएकी ढुंगानाले नेपाल सरकारको तिन खण्डे नीति भित्र सहकारी नीति पनि रहेकोले सहकारी मार्फत लगानी र बचत गर्नु अहिले अपरिहार्य रहेको जानकारी दिदै महिला दिदीबहिनी पनि बचतमा तथा लगानीमा अग्रसर हुन आग्रह गरेकी छन।

बिभिन्न नेपाल बचत तथा ऋण सहकारी संघ युएईमा आबद् १८ ओटा बचतकोषका अध्यक्ष तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिभिन्न ब्यक्तीहरुले राखेको जिज्ञासाको बहस तथा अन्तर्क्रिया भएको थियो। नेपाल बचत तथा ऋण सहकारी संघ युएईका अध्यक्ष शुत्रमनि राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सचिब दामोदर दाहालले संचालन गरेका थिए।

 

प्रतिक्रिया