(गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिका अन्तरगतका सबै च्याप्टरहरुको अपिल )

इनेप्लिज २०७४ साउन २२ गते १३:१५ मा प्रकाशित

सम्पूर्ण गैर आवासिय नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरु, गैर आवासिय नेपाली संघ अमेरिका सग आवद्द रहनु भएका अग्रजहरु, शुभ चिन्तक महानुभावहरु छिट्टै हुनलागेको गैह्र आवासिय नेपाली संघ अमेरिकाको निर्वाचन सम्वन्धि हालका दिनमा गैह्र आवासिय नेपाली संघ अन्तरास्ट्रिय सम्मन्वय परिषद न्यायीक समिती अमेरिका , निर्बाचन समिति अमेरिकाको फरक फरक निर्णय मत मतान्तर देखिएको र एक अर्काको निर्णय नमान्ने र भिन्न निर्णय दिने जटील अवस्था सिर्जना भएको र यसले सस्थालाई हाल मात्र नभई दीर्घकालीन रुपमै असर पार्ने भएकोले एन.आर.एन.एन.सी.सी. अमेरिकामा भएका सम्पूर्ण च्याप्टरहरुको गम्भीर ध्यानाकर्षण भएको छ ! बर्तमान कार्यसमितिका अग्रजहरु पुर्व अध्यक्ष ज्यु हरु , पुर्व निर्वाचन कमिटिका साथै न्यायीक समितिका ब्यक्तीत्व हरु तथा सम्पूर्ण एन.आर.एन. शुभ चिन्तकहरु यस बिषम परीस्थितीमा हामी सम्पूर्णले सस्थाको हितको लागि आवाज उठाउनु पर्ने हुदा अनावश्यक झैँ झगडा मतमतान्तरको सट्टा नियम सङ्गत तरीकाले समाधानका बाटाहरु खोजिनु पर्ने देखिएकोले अवीलम्व तत् सम्बन्धि कार्य गर्न लगाउन अनुरोध गर्दछौ I अन्तरास्ट्रिय समन्वय परिषद न्यायीक समिती अमेरिका , नीर्वाचन कमीटी अमेरिका का अाआफ्नै कार्य क्षेत्र हुने हुनाले बिधानले निर्धिष्ट गरेको दायरा भित्र रही कार्य संचालन गरी सस्थाको हितमा कार्य गर्नु हुन् सम्पूर्ण जनमानसको तर्फ बाट नैतीक दवाब दिन सम्पूर्ण नेपाली जनसमुदाय समक्ष हार्दिक अनुरोध गर्दछौ । निर्वाचन कमिटीले कुनै मापदण्डको आधारमा नभै आफ्नै मनोमालिन्ने ढंगबाट नाम प्रकाशित गरेको छ ।

यसको अर्थ हुन्छ निर्वाचन आयोग निश्पक्ष छैन । एनआरएन क्यालिफोर्नियाका च्याप्टर अध्यक्ष पूर्ण बानीया ज्युको उम्मेदवार सुची बाट सुनियोजित ढंगबाट नाम हटाएकोमा हामि सम्पूर्ण स्टेट च्याप्टर घोर बिरोध गर्दछौ। र हामि सबैले उक्त निर्णय यथासिघ्र सच्चाउन जोडदार माग गर्दछौ । आदरणीय अग्रजहरु अन्त्यमा एन.आर.एन. अमेरिकालाइ बिस्वमै प्रतिष्ठित र मजबुत बनाउने कार्यमा यहाहरुका सबैको सहयोग सद्भावको आसा राख्दै गलत कार्य गर्नेहरुलाइ हतोत्साहि बनाउन यहाहरु सम्पूर्णको एैक्यबद्दताको लागि अनुरोध गर्दछौ । हाम्रो सौहार्दतालाई कमजोरी ठानी पेलेर अगाडी जाने नियत देखिएमा संस्थाको हित र एन.आर.एन.हरुको हकका लागी कडा विकल्प अबलम्बन गर्न समेत हामी पछि पर्ने छैनौ भन्ने व्यहोरा समेत सम्बन्धित निकायलाई अबगत गराउन चाहन्छौं ! जय एन. आर.एन .! एन.आर.एन.एन.सी.सी.अमेरिकाका सम्पुर्ण च्याप्टर अध्यक्षहरु सुमन वस्ती- इलिनोइ जेदु पोख्रेल- मेरिल्याण्ड उत्तम लामिछाने- टेक्सास पुर्ण बानिया – क्यालिफोर्निया बासुदेब खनाल कोलोराडो तेम्बा शेर्पा- न्युयोर्क इश्वरी भट्ट – न्युह्याम्प्सायर राम ओझा- कनेक्टिकट दिवाकर महर्जन – ओरागन रेवतीराज अधिकारि – नर्थ क्यारोलाइना मुक्ती दवाडी – भर्जिनिया जगनलाल श्रेष्ठ- मिचिगन बिष्णु कार्की – म्यासाच्युसेट्स मोहन तिमिल्सिना- जर्जिया मुकुन्द ओझा- न्यु जर्शी तथा अन्य पदाधिकारीहरुमा विश्वमान आन्ग्दम्बे – जर्जिया राम बाबु पाण्डे- क्यालिफोर्निया प्रदिप तिमिल्सेना टेक्सास मिति : अगष्ट ४ २०१७

प्रतिक्रिया