अमेरिका नेपाल सहयोगि समाज को मनासस नि:शुल्क स्वास्थ्य शिविर भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७४ साउन २२ गते ११:५७ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा स्थापित अमेरिका नेपाल सहयोगि समाज को आयोजनामा गत अगस्त ५ तारिख भर्जिनियाको मनासस शहरमा निशुल्क स्वास्थ्य शिविर भब्यताको साथ सम्पन्न भएको छ l अगस्त ५ तारिख को दिन स्वास्थ्य परिक्षण गर्न आउने गर्न बिरामीहरुलाई रगत परिक्षणको रिजल्ट (प्रतिबेदन)लिन सरल होस् भन्ने हेतुले अग्रिम रुपमा जुलाई २९ मा गरिएको नि :शुल्क रगत परीक्षण को नतिजा पनि प्रदान गरियो l

गत अगस्त ५ तारिखका दिन भएको स्वास्थ्य शिबिरमा डीसी महानगर क्षेत्रका १ सय २० जना बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि आवस्यक परामर्श दिइनुका साथै रगत जाँच समेत गरिएको थियो। शिविरमा बिशेष गरि स्वास्थ्य बिमा नभएका ,भर्खर नेपाल बाट आएका अभिभावक ,जेष्ठ नागरिक र अझ स्वास्थ्य परामर्स लिन चाहने समुदाय सदस्यलाई सेवा प्रदान गरिएको छ l

उक्त भब्य स्वास्थ्य शिबिरमा संलग्न चिकित्सकहरुमा जेरी ली ,लिली केसी ,राजन फुएल ,अनिल सुवाल, गुणराज सुबेदी ,राजेश कोइराला ,रोशन मैनाली तथा सपना मैनालीले सेवा पुर्याएका थिए l ईनेप्लिज ले चिकित्सक ,जाच गर्न आउने बिरामी ,आयोजक तथा परिक्षण गरि सकेका बिरामी संग गरेको कुराकानीमा सवैले अमेरिका नेपाल सहयोगि समाज ले गरेको समाज सेवाको प्रशंसा गरेका छन् l

चिकित्सकहरुले अभिभावकहरुलाई भाषा को समस्या हुने र मन खोलेर भन्न अप्ठ्यारो पर्ने समेत हुनाले उनीहरुले खुलेर आफुहरु संग समस्या भनेको भन्दै आफुहरुले नेपाली समाज मा यसरि समाज सेवा गर्न पाउनु ठुलो अवसर भएको बताए l आयोजक को तर्फ बाट संस्था कि अध्यक्ष कमला खरेल ,कमल भट्टराई तथा संरक्षक मधु पन्थीले हामी कुरामा भन्दा काम मा ज्यादा विश्वास गर्ने र काम गरेर देखाउने कुरामा विश्वास गर्ने भएकोले यो सम्भव भएको बताएका छन् l

अमेरिका नेपाल सहयोगि समाजले स्वास्थ्य शिबिर को साथै अर्को दिर्घकालिन योजना नेपाली पाठशाला संचालनमा ल्याएको छ भने सम्भवत तीज कार्यक्रम अमेरिका भरि कै बिशाल सहभागिताको आयोजना गराउने आयोजक मध्ये कै एक भएको छ l बिगत ९ बर्ष देखि संचालन गर्दै आएको तीज कार्यक्रम अगस्त १९ तारिख को भब्य तयारीमा समेत जुटेको संस्थाकी अध्यक्ष कमला खरेलले बताउदै सवैलाई चुलो निम्तो यसै मार्फत दिएकी छिन् l

 

प्रतिक्रिया