पोखरामा मात्र किन हुन्छ झड्प ? फेरी भयो अर्को कुटाकुट (भिडियो)

इनेप्लिज २०७४ साउन २१ गते ११:२८ मा प्रकाशित

गत हफ्ता जग्गाको कारण झडप सृजना भएपछि प्रहरी, अमिन र जग्गधनीबीचको तमासा समाजिक संजालमा चर्चाको बिषय बन्यो । जग्गा धनीले जमिन नाप्न दिई अमिनको नाप्ने फित्तानै चपाएर चुडाएकी थिईन् । फेरी पोखराको सस्तो बजारमा व्यपारी र प्रहरीबीचमा अर्को झडपको सृजना भएको छ ।

झडपमा परी एकदर्जन बढी व्यवसायी घाईतेसमेत भएका छन् । नेपाल बायु सेवा निगमको स्वामित्वमा रहेको उक्त सस्तो बजार हटाउने षड्यन्त्र स्वरुप ३५ दिन अघि ताला बन्दी गरिएको थियो । उक्त षड्यन्त्रका विरुद्ध त्यहाँका व्यवसायीहरु आन्दोलन गर्दै आइरहेका छन् । सस्तो बजारमा लगाइएको ताला फोरेर आ–आफ्नो स्टोरमा प्रवेश गर्ने क्रममा व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

हेरौं यो भिडियो

प्रतिक्रिया