आर्यन खत्री र संगीता राइमाझीको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७४ साउन २० गते १७:२४ मा प्रकाशित

नेपाल र नेपालीको सुन्दर कल्पना देश हाँसी रहोस् भन्ने चाहना हो बुद्धको देश जनक, सीता, भृकुटी अनि सगरमाथाको देश नेपाल सबैलाई प्यारो हुन्छ । जहाँ रहेर पनि देशलाई माया नगर्ने नेपाली सायदै होला अनि नेपाली गीत संगीतलाई माया नगर्ने पनि कोही नहोला । देश बाहिर रहेर पनि नेपाली गीत संगातलाई माया गरेर पसिना बगाएर गीत संगीतमा लागेका गायक आर्यन खत्री र संगीता राइमाझीको स्वर रहेको छ भने गीतको संगीतकार सबिन लिम्बुको रहेको छ ।  बुद्ध सायमीको एरेन्जमा अडियो नेपालमा रेकर्डिङ भएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मुकेश  हुमागाईले छायांकन रहेको भिडियोमा जमिस र चाहनाको अभिनय रहेको छ भने भिडियो निर्देशन बुकराम ढकालले गरेको हो । उक्त गीतका रचनाकार कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रहेको छ ।

प्रतिक्रिया