लायन्स क्लब अन्तरास्ट्रिय, नेपालका प्रथम महिला डिस्ट्रिक गभर्नर भूगोल शेरचनलाई न्युयोर्कमा स्वागत

इनेप्लिज २०७४ साउन २० गते १२:२६ मा प्रकाशित

४ अगस्ट २०१७ – लायन्स क्लब अन्तरास्ट्रिय, नेपालको सर्बोच्च पद प्रथम महिला डिस्ट्रिक गभर्नर भूगोल शेरचनलाई अमेरिकाको न्युयोर्कमा केक् काटेर स्वागत गरियो।

म्याग्दी समाज, न्युयोर्क द्वारा न्युयोर्कको ज्याक्सन हाइटमा रात्रिभोज सहित केक्काटेरउहाँलाईलाई स्वागत गरिएको हो। म्याग्दी जिल्लाको रुम गाउँकी चेली भूगोल शेरचन
लायन्स क्लब अन्तरास्ट्रिय, नेपालको सबैभन्दा ऊच्च पद डिस्ट्रिक गभर्नर मा पुग्ने  प्रथम नेपाली महिला हुनुभएको खुशीयालीमा हामीले रात्रिभोज सहित केक् काटेर  उहाँलाई अमेरिकामा स्वागत गरेका हौँ – म्याग्दी समाज, न्युयोर्कका अध्यक्ष भविन्द्र सेर्पुन्जा ( कुहुँ भर्जुला ) ले बताए। स्वागत कार्यक्रम संस्थाका सचिब  याम पुन ( भकिम्ली ) ले संचालन गरेका थिए। सिकागोमा भएको लायन्स क्लबको बिश्वो संमेलनमा भाग लिन आऊनु भएका प्रथम महिला डिस्ट्रिक गभर्नर भूगोल शेरचन जे.एफ.के. एअर्पोर्ट न्युयोर्कबाट  यही अक्टुबर ५ तारिख शनिबार नेपाल फर्कंदै हुनुहुन्छ।

 

 

प्रतिक्रिया