मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०९:४१
वासिङटन डिसी 23:56

ह्यान्डसम हंक नेपाल २०१७ को ग्राण्ड फिनाले श्रावन २५ गते राष्ट्रिय नाच घरमा हुने

इनेप्लिज २०७४ साउन २० गते ७:५६ मा प्रकाशित

काठमाडौँ : विश्व मिडिया प्रालिको आयोजनामा हुन लागेको ह्यान्डसम हंक नेपाल २०१७ को ग्राण्ड फिनाले यहि श्रावन २५ गते बुधबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ l आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, ह्यान्डसम, अब्बल साबित गर्दै आफुमा भएको प्रतिभा निखार्न ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्प्रधीहरु अहिले ट्रेनीङमा ब्यस्त भएको कुरा यस इभेन्ट म्यानेजर तथा ईभेन्टका कोरियोग्राफर नायक दिवस धितालले जानकारी गराए l

ह्यान्डसम हंक नेपाल २०१७ मा २५ जना पुरुष प्रतिप्रधिहरुले अन्तिम चरणमा प्रवेश पाइसकेका छन l जसमा सुबोध पाण्डे, प्रविन परियार, नीपुन राज श्रेष्ठ, सौगात भट्टराई, जनक जंग शाह, सुप्रत बस्नेत, मनिष गौतम, उत्तम राज पाण्डे, दिपेन्द्र सिंह कार्की, संदेश पुरी, रोमन प्रजापति, अनुप मिश्र, आशिर्बाद नेपाल , बिकाश शाह, ओम प्रकाश आचार्य, कारण पौडेल, प्रसन श्रेष्ठ, प्रमोद त्रिपाठी, रबिन देउजा, सन्दिप तामाङ, तिमेश श्रेष्ठ, समिर कामत, अरबिन सिंह, रिजन बिष्ट र श्री कृष्ण श्रेष्ठ रहेका छन् l

यहि आउदो श्रावन २१ गए शनिबार ट्यालेण्ट राउण्ड सम्पन्न हुने लागेको कार्यक्रममा प्रतिस्पर्धि युवाहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु आत्माबल बढाउन सहयोग पुर्याएको कुरा आयोजक बिक्रान्त पौडेलले बताए l प्रतियोगी युवाहरु कार्यक्रममा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरु लाइ उपयोग गर्न सबै अहिले प्रशिक्षण मा मेहनतका साथ लागि परेका छन् र बिजेता बन्नका लागि पनि कडा मेहनतका साथ आफ्नो प्रतिभालाइ निखारता दिदैछन् l

कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरिरहेको “ह्यान्डसम हंक नेपाल २०१७” सौन्दर्य प्रतियोगिता विश्व मिडिया प्रालिले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन् l कोरियोग्राफर दिवस धितालका अनुसार यस पुरुष सौन्दर्य प्रतियोगीताले नेपाली युवाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएका छन ।

प्रतिक्रिया