बुढी काली हुदा लोग्नेलाई पिर, अरुलाई खिर ?

इनेप्लिज २०७४ साउन १९ गते १९:५१ मा प्रकाशित

कुनै बिश्व हल्लाउने महापुरुष तथा महिलाहरु काला जाती कै थिए, सबै गोरो छाला भएका थिएनन् । तर आज भोली पनि हाम्रो समाजमा काला छाला भएकाहरुलाई हेप्ने प्रवृत्ती छ । छोरा छोरी काला भए भने बिहे हुने हो कि नहुने हो भन्ने पिर बाबुआमालाई लाउछ । बिशेषतः केटाहरुले बिहे गर्नको लागि नेपाली समाजमा कालो छाला भएकी केटी रोज्दैनन् किनकि हाम्रो मानसिकता नै गोरो छ ।

यहि बिषयबस्तुमा रहेर पोखरेली माग्ने बुढा र धुर्मुसले हास्यबंग्य प्रहसन गरेका छन् । संसार हल्लाउने देखी गरीब र भोकभोर्कै मर्नेसम्म काला अनुहार भएको उदाहरण दिदै यहा छालाको रंगबिभिदले नभई बैचारीक बिभेद्को बहस गर्न पर्ने संदेशमुलक कमेडी छ । हास्यव्ंग्यको मसलाको रुमपा बिभिन्न कुरा गरिए पनि यसको मुल अथै भनेको कालो बर्णलाई माया गर्नु पर्छ हाम्रो सोच बदल्न पर्छ भन्ने नै हो । दोहोरीका हस्ती राजु परियारलाई समेत यो भिडियोमा हास्यपात्रको रुपमा कलाकार द्धयले उभाएका छन् । हेरौं यो पोखरेली माग्नेबुढा र धुर्मुसको बेजोड कमेडी ।

प्रतिक्रिया