सोमबार, कार्तिक १० २०७७
काठमाडौं १६:४९
वासिङटन डिसी 07:04

साठी दशकअघि लेखेको नाटक काँचुली फेरेर मेरो हातमा पर्दा कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७४ साउन १९ गते १८:२८ मा प्रकाशित

आजभन्दा ५७–५८ वर्ष अगाडि नेपाली भाषामा लेखेर शोणितपुर (थानकोट) का युवाहरूको सक्रिय सहभागितामा मञ्चन समेत गरिएको ‘उषा–अनिरुद्ध मिलन’ नाटकको पाण्डुलिपि खोजेर नेपालभाषामा उल्था गराई प्रकाशित गर्ने चाहना राख्तै थानकोटस्चित हलिं नेवाः गुथि –विश्व नेपालभाषा गुठी’ का केन्द्रीय अध्यक्ष शान्तप्रकाश श्रेष्ठले एकाएक मलाई फोन गरे :आजभन्दा ५७–५८ वर्ष अगाडि नेपाली भाषामा लेखेर शोणितपुर (थानकोट) का युवाहरूको सक्रिय सहभागितामा मञ्चन समेत गरिएको ‘उषा–अनिरुद्ध मिलन’ नाटकको पाण्डुलिपि खोजेर नेपालभाषामा उल्था गराई प्रकाशित गर्ने चाहना राख्तै थानकोटस्चित हलिं नेवाः गुथि –विश्व नेपालभाषा गुठी’ का केन्द्रीय अध्यक्ष शान्तप्रकाश श्रेष्ठले एकाएक मलाई फोन गरे :‘म थानकोटबाट शान्तप्रकाश बोलेको’ ।‘को शान्तप्रकाश ? यसरी नामको पछिल्तिर प्रकाश भएका त थानकोटमा म र मेरा भाइहरू मात्र हौं । हाम्रे देखासिखी गरेर मेरा फुपेरा भाइ नारायणप्रसाद श्रेष्ठले आफ्ना छोराहरूको नाममा पनि प्रकाश झुन्ड्याइदिएका हुन् रे भन्छन्… ।’शान्तप्रकाशबाट मभ्भि पगल जमानामा लेखेको ‘उषा.अनिरुद्ध मिलन’ नाटकको पाण्डुलिपि पनि नारायणप्रसादबाटै प्राप्त भएको र अहिले नाममा प्रकाश जोड्नेहरू थानकोटमा प्रशस्तै भएको सूचना पाएँ । साथै काडमाडौंको मूलद्वार मानिने  थानकोट बस्तीको प्राचीन नाम शोणितपुरको पनि निकै प्रचार भइसकेको सूचना पाएँ ।

आफु जन्मेको स्थानको प्राचीन नाउँको प्रचारको मूल उद्देश्य राखेर नै पौराणिक कथामा सामाजिक कुरीतिप्रति व्यंग्यसमेत थपथाप गरी नाटक लेखेको थिएँ र राष्ट्रभाषा नेपाली राम्ररी बोल्न नसक्ने तत्कालीन थानकोटवासीहरूमा शिक्षा प्रचारार्थ पहिलो अंग्रेजी सिकाउने भविष्यसेवा मिडिल स्कूलको अवैतनिक प्रधानाध्यापक बन्नुका साथै ‘लोकज्ञानकेन्द्र’ नामक सानो पुस्तकालय स्थापना तथा भाइ नारायणप्रसादकै सहयोगबाट युवाहरूको मित्रमण्डलीको स्थापना गरी नाटक मञ्चन गरिएको सम्झना भयो । त्यतिखेर मलाई सहयोग गर्ने दौंतरीहरूको अहिलेको छविचित्रसहित उगकरतक हातमा पर्दा गद्नद भई कृतज्ञताका दुई शब्द यहाँ कोर्दे छु ।   मैले ताहाननिटोल निवासी मेरा मितबुवा देवरत्न (आशामरु) श्रेष्ठबाट थानकोटको प्राचीन नाउँ शोणितपुर हो भन्ने विषयमा २००८ सालतिर वाणासुरको बारेमा किम्बदन्ती सुनेपछि सर्वप्रथम चुनिखेलको नवनिर्मित घरको बीचको भ्mयालमाथि ‘शोणितपुर चुनिखेल नेपाल’ लेखेको साइनबोर्ड टाँगेको थिएँ । घरैमा भएको ‘श्रीमद् भागवत्’ ग्रन्थको ठेली पल्टाउँदै जाँदा वाणासुरको कथा आँखामा परेपछि त शोणितपुर नामको दरिलो प्रमाण भेट्टिएको भैंm पुलकित हुन पुगेको थिएँ । काठमाडौं जिल्लाको दक्षिण–पश्चिम सीमान्तमा करिब दश किलोमिटर टाढा चन्द्रागिरिको फेदीमा अवस्थित यस बस्तीको प्राचीन नाम हो शोणितपुर । अझ त्यसभन्दा अघि (अर्को स्रोतअनुसार पछि) सुप्रभानगरी (कतै कतै सुप्रभापुर) पनि भनिएको पाइन्छ । किरात संस्कृतिका अध्येता इृमानसिंह चेमजोङले वाणासुरलाई किरात शको ठह¥याानुका साथै पं. मुरलीधर भट्टराई लगायत कैयौं नेपाली विद्वान्हरूले पनि यस स्थानलाई वाणासुरको राजधानी बताएका छन् । विगत आधाशताब्दीमा थानकोट भेकको प्राचीन नामले व्यापक प्रचार पाइरहेको देखेर मलाई निकै खुशी लाग्नु स्वाभाविकै छ ।

आज त्यसको प्रारम्भविन्दुमा लेखिएको ‘उषा–अनिरुद्ध मिलन’ नाटकको नेपालभाषामा गरिएको अनुवाद समेत आफ्नो हातमा परेपछि मनमा विभिन्न भावनाहरूको लहर चलिरहेको छ । चन्द्रागिरि र दहचोक पर्वतको मध्यभागमा अवस्थित वाणभञ्ज्याङदेखि नैकापसम्मको शोणितपुर क्षेत्रमा आधाशताब्दी पहिले (सन् १९५९) को तुलनामा अहिले शिक्षित व्यक्तिहरूको संख्या प्रशस्तै भएको अनुभव गरेको छु । हाल चन्द्रागिरिको फेदीमा अवस्थित थानकोट गोदामचौरबाट भालेश्वरसम्म रज्जुमार्ग (कैवलकार) संचालन गरिएपछि प्राचीन थानकोट पनि पर्यटकीय गन्तव्य बनिरहेको छ र नेपालको राजधानीको एक प्रमुख द्वारको रूपमा यस भेकले भविष्यमा अझ उन्नति गर्दै लग्ने छ । अहिले थानकोट इमाखेलनिवासी शान्तप्रकाश श्रेष्ठको प्रयासबाट पाण्डुलिपिको खोजी गरी बलम्बुनिवासी वती ऋजु श्रेष्ठको अनुवादमा पुनर्जन्म पाएको ‘उषा–अनिरुद्ध मिलन’ नाटक डा. मणिराज पोखरेलको हातबाट मास्कोमा प्राप्त गर्दा अत्यन्त  आनन्दानुभूति भएको छ ।

यस परिप्रेक्ष्यमा नेपाली पाठकवृन्द समक्ष थानकोट भेकको अतीत र वर्तमानको केही चर्चापरिचर्चा गर्नु युक्तिसंगत हुने ठान्दछु । तर अर्को खेपमा यसबारे बताउने जमर्को गर्ने छु । आज  राजधानीको मूल प्रवेशद्वार मानिने हाल चन्द्रागिरी नगरपालिका नामले विभूषित थानकोट भेक (प्राचीन शोणितपुर र लिच्छविकालीन थेन्चोग्राम) को बारेमा विस्तृत उल्लेख गर्नतिर नलागेर यति मात्र सूचित गर्न चाहन्छु कि थानकोट भेकमा रहेका केही स्थाननामहरूसित सम्बन्धित किम्बदन्तीहरूले पनि प्राचीन कालमा यो वाणासुरको निवासस्थान थियो भन्ने अनुमान लगाउन बल दिन्छ । वाणस्थलीको अपभ्रंशबाट बाँठली नाम रहेको आधारमा यहाँ वाणासुरको दरवार थियो कि भन्ने अनुमान गरिन्छ भने बाडभञ्ज्याङ भन्ने नाम पनि वाणभञ्ज्याङकै अपभ्रंश रूप हुनु स्वाभाविकै छ । थानकोट भेकमा बनाइने घरहरूमा कौसी राख्नु हुँदैन भन्ने जनधारणा पनि उषाले सपनामा देखेको अनिरुद्धलाई उसकी सखी चित्रलेखाले पलङसहितै उडाएर ल्याई वाणासुरको दरवारको कौसीमा उतारेको किम्बदन्तीमा आधारित हुन सक्तछ भन्ने मलाई लाग्छ ।

वाणासुरसम्बन्धी अनुश्रुतिको पुष्टि गर्ने विभिन्न  किम्बदन्तीहरू थानकोटमा प्रचलित छन्ं !..रूसतिर प्रस्थान गनुंभन्दा पहिले झण्डै छ दशकजति अघि जन्मथलो थानकोटको प्रचीन नामको प्रचार गर्ने धून चलेको परिप्रेक्ष्यमा मेरा फुपेरा भाइ नारायणप्रसाद श्रेष्ठको सक्रियतामा ‘उषा–ज्निरुद्ध मिलन’ नाटक लेखिएको र मञ्चन समेत गरिएको थियो । तर त्यसको पाण्डुलिपि सुरक्षितै होला भन्ने त मैलै मास्कोमा बसेर कल्पना समेत गरेको थिइनँ । सौभाग्यवश थानकोटका समाजसेखी mेरा भाइ नारायणप्रसाद श्रेष्ठले आधा शताब्दीसम्म हिफाजतपूर्वक सुरक्षित राखेको नेपाली नाटकको पुरानोे पाण्डुलिपिको आधारमा हाल थानकोटमा सन्चालित हलिं इंगलिस स्कूलकी प्रधान अध्यापिका, बलम्बुनिवासी युवती ऋजु श्रेष्ठले निकै मेहतन गरी मैले कुनै जमानामा थानकोट भेकmब युवाहरूमा चुरोट आदिको लत, तास खेलेर समय खेर फाल्ने प्रवृत्ति, जातपातको भेदभाव जस्तो कुरीतिको समेत  छद्म विरोध गरी शिक्षाप्रचारका लागि नेपालीमा रचना गरेको ‘उषा–अनिरुद्ध मिलन’ नाटकलाई नेवारी (नेपालभाषा) मा समसामयिक परिष्कृत शैलीमा अनुवाद गरी पुनर्जन्म दिएको र हलिं नेवा गुथिका तर्पmबाट प्रकाशित गरिएकोमा मेरो जन्मथलोका सम्बन्धित सबै इष्टमित्रहरूमा हार्दिक कृतज्ञता ज्ञापन नगरी रहन सक्तिनँ ।

दिनाङ्क : १ अगस्ट २०१७ (मङ्गलवार)  मास्को, रूस महासंघ ।

प्रतिक्रिया