बरिष्ट समाजसेवी सुमित्रा बस्नेत बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित

इनेप्लिज २०७४ साउन १९ गते ३:४४ मा प्रकाशित

काठमाडौँ: बरिष्ट समाजसेवी सुमित्रा बस्नेत जागृति सामाज नेपाल द्वारा आयोजित कार्यक्रममा बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित भएकी छिन l जागृति समाज नेपालले गरेको बिशेष नागरिक सेवा सम्मान २०७४ तथा बृहत सास्कृतिक समारोहमा आयोजित भब्य कार्यक्रममा बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले प्रमुख अतिथि नेपालि कांग्रेशका नेताdतथा पूर्व मन्त्रि अर्जुन नरसिंह केसीको हात बाट उक्त समान पाएकी हुन l राष्ट्रिय जीवनका बिबिध क्षेत्रमा तल्लिन रहेर समाजमा शान्ति र सहिष्णुताका लागि आफ्नो पुरै जिबन समर्पण गर्दै नेपाल राष्ट्र मातृभूमिलाई पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई यो बिशेष सम्मान गरिएको थियो l बिगत दुइ दशक देखि सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई बित्तिय क्षेत्रमा तथा विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न महत्वपुर्ण भुमिका निर्बाहा गरेको योगदान स्वरुप तथा महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई जागृति नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित गरेको हो l

उक्त अबसरमा सुमित्रा बस्नेत लागायत सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र, बित्तिय क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भुमिका निर्बाह गर्ने विभिन्न व्यक्तित्वहरु लाइ पनि सम्मान गरिएको थियो l l उक्त कार्यक्रमको सभापतित्व जागृति नेपाल क्लबका अधक्ष्य केशबराज दाहालले गरेका थिए l सामाजिक कार्यमा सधै अग्रसर भएर सामाजिक कार्यमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले यो भन्दा अगाडी पनि विभिन्न दर्जनौ राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन l

प्रतिक्रिया