गैरआबासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा शान्ति देबी को उमेद्वारि

इनेप्लिज २०७४ साउन १९ गते ३:३४ मा प्रकाशित
नेपालको विभिन्न भूभाग बाट मकाउ आई विभिन्न ब्यवसाय तथा पेसामा कार्यरत सम्पूर्ण आदरणीय नेपाली दिदि बैनी तथा दाजु भाइहरुमा म शान्ति देबी अधिकारीको नमस्कार
गैरआबासीय नेपाली संघ मकाउको ५चौ अधिबेशन यहि आउदो १२ तारिक (१२/०८/२०१७) १५:०० बजे भेनेसियनट्को क्याफे डेकोमा हुन् गैरहेको कुरा जानकारी गराउदै  पूर्व ( ११/०९/२०१५ मा गरेको  भद्रसहमति अनुसार र यो पबित्र सस्थामा रहेका केहि ब्वक्तिहरुले अबाछ्नीय कार्यहरु गरेको विभिन्न संजल्हारुबाट सुन्नमा आएको हुदा यस्ता कामहरु बाट बचाउनको लागि पनि म (शान्ति अधिकारी) अध्यक्ष पदको लागि उमेद्वारी घोषणा गर्दछु । यसमा यहाहरुको पूर्ण सहयोग र साथको अपेक्षा राखेकी छु | आज सम्म पनि हरेक नेपाली जस्तो सुकै सुख दु:खमा साथ दिदै ऊपस्थित भई सहभागिता जनाऊदै आयको र अबको आऊदो दिन हरूमा पनि सबै नेपाली दाजुभाई दिदी बहिनी हरूले साथ दिनु भएमा गैरआबासीय नेपाली संघमा रही सामीजिक सेबा गर्ने अबसर दिनु  भएमा महिले मेरो क्षमता र दक्षता ले भ्याएसम्म मकाऊमा भएका सम्मपूर्ण नेपाली लाई समेटेर एक पटकको नेपाली सधैको नेपाली  भन्ने कुरालाई आत्मसाथ गर्दै एऊटा बलियो संगठन को निर्माण गर्नेछु |
नेपालको विभिन्न भूभाग बाट मकाउ आई विभिन्न ब्वेयबसाय तथा पेसामा कार्यरत सम्पूर्ण आदरणीय नेपाली दिदि / बैनी तथा दाजु / भाइहरुमा म शान्ति देबी अधिकारीको नमस्कार ??
 गैरआबासीय नेपाली संघ मकाउको ५चौ अधिबेशन अहि आउदो १२ तारिक (१२/०८/२०१७) १५:०० बजे भेनेसियनट्को क्याफे डेकोमा हुन् गैरहेको कुरा जानकारी गराउदै  पूर्व ( ११/०९/२०१५ मा गरेकोभद्रसहमति अनुसार म (शान्ति अधिकारी) अधक्ष्य पदको लागि उमेद्वारी दिने विचार गरेकी छु यसमा यहाहरुको पूर्ण सहयोग र साथको अपेक्षा राखेकी छु | साथै निम्न लिखित कामहरु गर्नको लागि जोडदार पहल गर्ने पर्तिबध्ताका साथ अगाडी बढ्नेछु-
१, जति पनि मकाउको सप्लायर्स कम्पनीहरुमा कार्यरत दाजु/ भाई र दिदि/ बैनीहरुमा परेको समस्या जस्तै काम गर्ने अनुमति पत्र (ब्लुकार्ड) को म्याद थप गर्दा विभिन्न एजेन्सीहरुले  गैरकानुनी रुपमा मोटो रकम असुली गरने  गरेको सुन्नमा आएको हुदा त्येस्तो प्रवृतिलाई  रोक्ने कोसिश गर्नेछु |
२, बिना कारण बिना सूचना काम बाट निस्कासन गर्ने गरेको जानकारी वा लिखित निबेदन पर्न आएमा सम्बधित निकायमा सोध पुछ गरि  यस्तो किसिमको कार्यहुन् बाट रोक्न पहल गर्ने छु |
३/ भैपरी आउने (भबितब्य) घटनाहरु जसमा गम्भीर प्रकारको रोग लागेर उपचार गराऊन नसक्ने अबस्थामा के कस्तो खालको सहयोग गर्ने र अचानक मृतु भयोको अबस्थामा उक्त शब् लाई कसरी जन्मभुमि ( नेपाल) लान सकिन्छ भन्ने कुरा लाई मकाउ सरकार, नेपाल बाणिज्य दुताबास हंगकंग र नेपाल सरकार समक्ष्य पहल गर्ने |
४/ विभिन्न प्रलोभन देखाई  ठुलो रकम असुली गरि  नेपाल बाट पर्यटकिय भिसामा मकाउ लियाएर अलपत्र पार्ने यजेंसीहरु पत्ता लगाई प्रचलित कानुनको दायरा भित्र लियाएर कारबाही गर्ने |
५/ बिभित समस्याहरु बाट ग्रसित भई कुलतमा लागेका नेपालीहरु लाई जनचेतना मुलक कार्यक्रम ल्याउने कोसिश गर्नेछु |
६/ मकाउका ठुला ठुला चसिनो तथा होटेलहरुमा कार्यरत हामी नेपालीलाई सुरुमा १/२ बर्षको भिसा दिए पनि कतिपय कम्पनीहरुले बिना कारण, बिना सूचना भिसा नसकी कामबाट निकाला गर्ने कार्यको बारेमा सम्बधित निकायमा कुरा राख्ने |
 ७/ ३ महिनाको १ पटक भेटघाट कार्यक्रमको आयोजना गरि यहाँ रहेका नेपालीहरूमा पर्न गयका समस्याहरूको समाधान गर्न ।
 ८/ नेपाली  बाणिज्यदुतको कार्यलय मकाउमा नभयर थुप्रै नेपालीहरूले समस्या भोग्नुपरेको छ, हंगकंगको भिषामा समस्या छ त्यसकारण राजदुताबास ल्याउन सम्बन्धित निकायमा पहल गर्ने ।
९/  भिजिट भिसामा मकाऊ ल्याई मानिस लाई अलपत्र पार्ने एजेन्ट ( दलाल ) हरू लाई कानुनी कठघरामा ल्याई यो काम निष्कृय बनाऊन पहल गर्ने छु
१०/  कुनै पनि नेपाली हरूको लिखत निबेदन आयमा आफुले अध्यन गरि सम्बन्धित निकायमा पेस गरि समस्या समाधान गर्ने छु |
११/ मकाऊ बाट नेपाल जानको लागी नेपाली हरूलाई परेको समस्या लाई ध्यानमा राखी मकाऊ बाट हप्ताको एऊटा एक पटक ट्र्नजिट फ़्लाइट को लागी जोडदार पहल गर्ने छु|
१२/ मकाउमा रहेका सम्पूर्ण नेपाली संघ सस्थाहरु लाई समेटेर उहाहरुको सल्लाह सुझाब लिएर अगाडी बढ्ने छु |
यि सबै प्रतिबद्दता पुरा गरि मकाऊमा एऊटा ऊधारणिय काम गरि मकाऊ बाट नेपाल र नेपालीको भुमिका निर्बाह गर्नको लागि सबैको बहुमत द्दारा मलाई छनौट गरि गैरआबासीय नेपाली संघ मकाउको अध्यक्ष पदको ज़िम्मेवारी दिन् हार्दिक अनुरोध !

प्रतिक्रिया