कोलाराडोमा डा. प्रकास अर्यालसँगको भब्य अन्तक्रिया कार्याक्रम सम्पन्न

इनेप्लिज २०७४ साउन १८ गते १६:१३ मा प्रकाशित

गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचनको रबिना थापा समुह बाट कोषाअध्यक्ष पदमा उमेदवार बन्नुभएका  डा. प्रकास अर्यालसँग कोलाराडोको नमस्ते इण्डियन रेष्टुरेन्टमा जुलाई ३० तारिखको दिनमा एक महत्वपूर्ण  अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै रबिना थापा ,उपाध्यक्ष पदका उमेदवार तथा लोकप्रिय लोक गायक सुमन बुढामगर ,महासचिव पदका उमेदवार महेश मल्ल , उपाध्यक्ष पदका उमेदवार नारायण वन लगायतको टोलिले क्यालिफोर्निय र लस एन्जेल भ्रमणमा सम्पन्न गरिसकेको छ । चुनाव प्रचार प्रसार तथा भेटघाट अभियानलाई निक्कै तिब्र बनाएको रबिना थापा समुहको चुनावी अभियान निक्कै प्रभावकारी पनि बन्दै गएको छ । अमेरिकाका पूर्बी राज्याहरू म्यासाच्युट ( बोस्टन ) ,कनेक्टिक,न्यू ह्याम्सफिएर लागायत राज्यहरूको भ्रमण सकेर यो टोलि कोलोराडो ,क्यालिफोर्निय र लस एेन्जलस भ्रमणमा निस्किएको थियो ।

आसन्न निर्वाचनको कोषाध्यक्ष पदका एक मात्र योग्य ,सक्षम र ऊर्जावान उमेदवार डा. प्रकास अर्यालको उपस्थितिमा कोलोराडो एनआरएन च्याप्टरका अध्यक्ष बासु देव खनाल ,एनपीआरसी का अध्यक्ष गणेश भण्डारी त्यस्तै बुद्धिजिविहरू चन्द्र प्रकास बजागाई ,गोविन्द लम्साल,कुमार जंग कार्की,बिजय बगाले,प्रकाश पौडेल,बुद्धि प्रसाद लामिछाने ,हरि भक्त आचार्य ,रज ढुड्गना लगायत ब्यक्तित्वहरूको उपस्थितिमा निक्कै महत्वपूर्ण बिषय बस्तुहरूको साथै भावि एनआरएन अमेरिकाको योजना तथा कार्यदिशाको बारेमा गहन बहस तथा अन्तरक्रिया भएको थियो । उहाँले अन्तरक्रिया कार्यक्रममा यस अघि एनआरएन भित्र भएका लापरबाही,अनियमितता जस्ता बिषयको आम जनसमुदायलाई सचेत गराउँदै आफ्ना भावि योजना,लक्ष्य र कार्यादिशाको बारेमा स्पष्ट बिचार पनि राख्नु भएको थियो । उहाँले फर्जी सदस्यताई कडाई गर्ने,समयमै परिचय पत्र बितरण गर्ने ,नेपालमा सामुहिक लगानिका बातवरण तयार गर्ने ,प्रत्येक राज्यका च्याप्टरहरूलाई उचित समन्वयन गरि क्रियाशिल ,जिम्मेवारी बोध गर्ने संस्था बनाउने । आपतकालिन फोन सुबिधाको ब्याबस्थागरी नेपाली समुदाय भित्र भईपरि आउने समस्या निराकरणको लागी कार्यदल गठन जस्ता महत्वपूर्ण बिषयहरूमा अाफ्ना स्पष्ट धारणा राख्नु भएको थियो ।

एनआरएन अमेरिकाको आसन्न चुनावको कोषाध्यक्ष पदका सबैभन्दा उमेदवार भन्दा योग्य,उर्जाशिल,शिक्षित र समाजको लागी केही गरौ भन्ने प्रणको साथ अगाडी आउनु भएका उमेदवार हुनुहुन्छ डा. प्रकास अर्याल । उहाँले एनआरएन अमेरिकालाई आगामी दिनमा बिधि बिधान अनुसार चल्ने,भ्रष्टचारबाट मुक्त ,पारदर्शि,सबैले हाम्रो र राम्रो संस्था भनेर सम्मान गर्ने संस्था बनाउन मन,बचन र कर्मले काम गर्ने प्रण गरि अगाडी बढ्नु भएको छ । अमेरिकी नेपाली समाजमा बिभिन्न किसिमका समस्याहरू आइरहेका छन् । ती समस्याहरूलाई प्रभावकारी ढंगले आजसम्म सोम्वोधन गर्ने कुनै संस्था छैन । भएका संघ संस्थाहरू पनि जातिय ,क्षेत्रिय र राजनीतिक आवरण भन्दा बाहिर आउन सकेका छैनन् तसर्थ यी यावद समस्याहरू सँग जुध्नको लागी उहाँले “एक ब्याक्ति एक डलर ” अभियान अमेरिका भरी चलाएर ६ महिना भित्रमा २,५०,००० डलरको एक आपत कालिन अक्षयकोष स्थापना गरि नेपाली समुदायको घाउहरूमा मलम लगाउने संकल्पका साथ अगाडी बढ्नु भएको छ ।

एनआरएन अमेरिकालाई अव सधै अयोग्य,मूर्खहरूको भीड र जमात बन्न दिनु हुँदैन । यो संस्थामा अयोग्यहरूको जमात बढी भएर नै संसार भर बदनाम हुन पुगेको हो । अहिले राम्रो अवसर पनि आएको छ । यस चुनावमा ” हाम्रा भन्दा पनि राम्रा ” लाई अगाडी ल्याउन सकेमा नेपाली समाज र संस्था दुबैको हित हुन सक्ने छ । यसको लागी अमेरिकी नेपाली समाजले समयमै डा.प्रकास अर्याल जस्ता ब्याक्तित्वहरू लाई चिनेर काम गर्ने अवसर दिन जरूरी छ । अन्यथा पहिलेका कार्याकालहरूमा थुप्रिएका जस्तै अयोग्य ,योजना र कार्यादिशा बिहिनहरूको जमात फेरि पनि यस संस्थामा थुप्रिएर फेरि पनि यो संस्थालाई संसार भर बदनाम बनाउन सक्छन् । तसर्थ सम्पूर्ण अमेरिकावासीहरू समयमै सचेत भएर यस संस्थामा सक्षम ब्याक्तिहरू चुनेर पठाउन आवश्यक छ । त्यसको लागी डा. प्रकास अर्याल कोषाअध्यक्ष पदका निर्विकल्प उमेदवार हुन सक्छन् ।

प्रतिक्रिया