ब्राउनवाल्डमा दुइ दिने क्याम्पिंग कार्यक्रम भव्यताका साथ् सम्पन्न ,कार्यक्रममा गरे एनआरएनए स्विसको अध्यक्ष पदका लागि आधिकारिक घोषणा

इनेप्लिज २०७४ साउन १८ गते १:५१ मा प्रकाशित

स्विटजरल्याण्डबासि नेपालीहरुले समय अनुसार विभिन्न नौला कार्यक्रमहरु गर्दै आइरहेका छन् । यसै क्रममा गत जुलाई २९ र ३० गते लगभग १३०० मिटर माथि रहेको स्विटजरल्याण्डको ग्लारुस क्यान्टोन स्थित ब्राउनवाल्डमा दुइ दिने क्याम्पिंग कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको छ ।

उक्त दुइ दिने क्याम्पिंग कार्यक्रममा स्विस, फ्रान्स र इटालीबाट ४८ फ्यामिली गरि ७० जनाको उपस्थित रहेको थियो । उपस्थित केहि फ्यामिलीहरुले कुट्चद (kutsche ) चडी रमाइला टुर गरेका थिय भने अरु पैदल यात्रा गरि माउन्टेन टुर गरेका थिय । बेलुका नेपाली खानाका साथ् ग्रिल र सांस्कृतिक कार्यक्रम सहित क्याम्पिंग गरेका थिय । कामको थकानलाइ विसाउँदै डाँडा काँडाको रमणीय दृश्यका साथ साथीभाईहरु संग भलाकुसारी गरि उक्त दुइ दिने क्याम्पिंग कार्यक्रम रमाइलो संग बिताएका थिए l

स्विटजरल्याण्डबासि नेपालीहरुलाइ एक मुट्ठीमा बाध्न समय अनुरुप विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा यस पटक भने स्विटजरल्याण्डको ब्राउनवाल्डमा फ्यामिलीहरुलाई मध्य नजर राख्दै उक्त क्याम्पिंग कार्यक्रम राखिएको हो । बिभिन्न उदेश्य झैँ यस पटक पनि स्विटजरल्याण्डबासि नेपालीहरुले गरेको मनोरंजनबाट उप्रेको केहि रकम नेपालको चितवन स्थित मेगौलीको एक सानो महिला फुटबल क्लबलाइ सहयोग गर्ने भएको छ ।

आयोजक पुला शेर्पा,राम परियार,गोपाल तामांग लगाएतका टिमको तर्फबाट उपस्थित तथा सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिंदै अर्को कार्यक्रम आउँदो शनिवार २६ अगस्त २०१७ Berghütte sc skylla Schmutzberg Eptingen मा नेपाली ओपेन एअर फिल्म देखाइने र उक्त कार्यक्रम बाट उप्रेको रकम दोलखा स्थित एक बिद्यालयमा सहयोग गर्ने जानकारी गराएका थिए ।

एन आर एन ए स्विटजरल्याण्डको अध्यक्ष र आइ सी सी पदका लागि आधिकारिक घोषणा

आउँदो ३ सेप्टेम्वर २०१७ का दिन एन आर एन ए स्विटजर्ल्याण्डको अधिवेशन हुँदैछ । एन आर एन ए स्विटजर्ल्याण्डको अधिवेशनका कारण माहोल तात्ने क्रम बढ्दो छ । उक्त क्याम्पिंग कार्यक्रममा एन आर एन ए स्विटजरल्याण्डको अध्यक्ष पदमा सिमा गौतम अर्याल र भुमि गुरुङले आधिकारिक रुपमा उमेद्वारी घोषणा गरेका छन् भने निबर्तमान अध्यक्ष धर्म गुरुङले आइ सी सी पदमा गरेका छन् । कार्य समितिमा आफु स्टेप बाइ स्टेप माथि चढेको हुनाले अवको पालो भने अध्यक्ष पदमा रहेको भन्दै सिमा गौतम अर्यालले आफ्नो अध्यक्ष पदको उमेद्वारी दिएको घोषणा गरेका थिए l

अर्का उमेद्वारी भुमि गुरुङले स्विसमा रहेका सम्पूर्ण नेपाली र नेपाली संघ संस्थालाइ हातेमालो गर्दै अगाडी बढ्ने कुरा बताएका थिय । अध्यक्ष पदमा दुबैले उमेद्वारी घोषणा गरेता पनि पुरा प्यानल भने दुबैको तर्फबाट अहिले सम्म नबनाएको हुनाले सकेसम्म चुनावी करण हुनु अगि एक आपसमा सहमतिमा गइ एक टिम बनाउन स्विसबासि नेपालीहरुले अनुरोध गरेका थिए l

प्रतिक्रिया