आन्वाको निशुल्क स्वास्थ्य शिबिर मेरिल्याण्ड र भर्जिनियामा हुदै

इनेप्लिज २०७४ साउन १७ गते ०:१३ मा प्रकाशित

अमेरिका नेपाल महिला संघ (आन्वा )को आयोजनामा मेरिल्याण्ड तथा भर्जिनियामा निशुल्क स्वास्थ्य शिबिर हरेक महिना हुने भएको छ l सन् २००५ मा स्थापना भएको आन्वाले मेरिल्याण्ड राज्यमा सन् २००७ देखि नै स्वास्थ्य शिविर संचालन गर्दै आई रहेको छ l तर भर्जिनियामा गत जुलाई १५ तारिखको दिन देखि खुला स्वास्थ्य शिविर संचालनमा आएको छ l

आन्वा कि पूर्व अध्यक्ष तथा निशुल्क स्वास्थ्य शिबिर कि संयोजक बिष्णु कुमारी थापाले गत जुलाई १५ तारिख देखि भर्जिनियाबासि नेपाली समुदायले समेत लाभ उठाउन भन्ने हेतुले संचालनमा ल्याइएको बताईन l

मेरिल्याण्डमा पहिला देखि नै संचालनमा रहेको बताउदै यो आन्वा को दिर्घकालिन योजना रहेकोले मेरिल्याण्ड तथा भर्जिनिया का सवै नेपाली समुदायले फाइदा उठाउनु हुने छन् भन्ने आफुलाई विश्वास लागेको बताइन l

निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण हुनुको साथै रगत परिक्षणमा मधुमेय ,रक्तचाप,इकोग्राम(मुटु धड्कन जाच )आदि ईत्यादी निशुल्क हुने छ l बिशेष गरि बिमा नभएका ,बृद्ध ,नेपाल बाट भ्रमण तथा भेटघाटमा अमेरिका आएका बुवाआमा आदिले समेतलाई यसले समेट्ने जानकारी गराईएको छ l

मेरिल्याण्डमा हरेक महिनाको अन्तिम आइतवार १२ बजे देखि ४ बजे सम्म तथा भर्जिनियामा हरेक महिनाको दोश्रो शनिबार बिहान १० बजे देखि २ बजे सम्म नेपाली मूलका लामो समय देखि अमेरिकामा चिकित्सक पेशामा रहेका चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिने छ l

भर्जिनिया को रेस्टन शहरमा संचालनमा रहेको उक्त स्वास्थ्य शिविर को स्थान ,स्वास्थ्य परिक्षण जाच कक्ष मिसन रिबिल्ड नेपाल द्वारा उपलब्ध गरीएकोमा आन्वा संस्था डा मदन उप्रेती प्रति आभार व्यक्त गर्दछ l

आगामी अगस्त १२ तारिख भर्जिनिया को रेस्टन शहरमा निम्न ठेगानामा हुने छ l 12359 Sunrise Valley Dr, Suite 320,Reston, VA 20191 l यसै गरि मेरिल्याण्डमा निम्न ठेगानामा हुने छ l 15300 New Hampshire Ave,Silver Spring, MD 20905 l

यसै गरि अग्रिम रुपमा नाम लेखाउन तथा बिरामी को लागि समय लिन को लागि आरएन (स्वास्थ्य परिचारिका )मंजु सग्रौला लाई यस संख्यामा सम्पर्क गर्न सकिने छ Tel # 202 341 8696 या सुनिता श्रेष्ठ (आरएन -स्वास्थ्य परिचारिका) l #: 240 350 7414 या स्वयम सेवक मिना प्रधान संग सम्पर्क # 443 465 9365 संग बिस्तृत जानकारी लिन सक्नु हुने छ l

केहि जानकारी लिन ईक्षा भए मंजु संग्रौलालाई आफ्नो नाम तथा सम्पर्क छोडे सम्पर्क तु गरिने छ l यो आधारभूत स्वास्थ्य शिविर भएकोले आकस्मिक सेवाको लागि ९११ मा सम्पर्क गर्न सक्नु हुनेछ l

बिस्तृत जानकारी चाहिएमा यहाँ थिच्नु होला !

http://www.anwa-dc.org/

 

प्रतिक्रिया