मतभेद हामी सबैमा हुन्छ तर मनभेद चाहिं नगरे हुन्न र ?

इनेप्लिज २०७४ साउन १५ गते २०:२९ मा प्रकाशित

 

“People are amazing, people are awesome, people are beautiful.” यो मेरो धारणा हो अनि विश्वास पनि | म विश्वस्त छु यो संसारमा ९५% मान्छे असल छन्, ५% खराब होलान | कहिलेकाहीं ५%, ९५% माथि भारी पर्दछन | तर अन्त्यमा जित असलको नै भएको छ र सधैं हुन्छ पनि | त्यस्तै मेरो अर्को विश्वास छ यी ९५% असल मान्छेमा पनि ९५% असल गुणहरु हुन्छन अनि ५% कमसल गुणहरु हुन्छन |

त्यस्तै यस्मा पनि कहिलेकाहीं ५% कमसल गुणहरु हावी हुन्छन अनि सम्बन्धमा तिक्तता ल्याउंदछन तर समयसंगै असल गुणहरुनै हावी हुन्छन अनि तिक्तता क्रमश: मेटिदैजान्छ | यो ५% गुण किन बेला बेला भारी हुने होला ? हामी किन येति कम्जोर हुने होला ? यसलाई हावी नै हुन नदिए हुन्न र | सानातिना, झिना मसिना अवगुणहरुको तिक्तता किन ठुला ठुला असल गुणहरुको मिठास माथि भारी पर्न दिने ?

हामी त्यति पनि गर्न सक्दैनौ र ? कसैलाई सम्झिदाखेरि उसका गुणै गुण मात्र सम्झिए हुदैन र ? दोषमुक्त कोहि छैन भने दोषरहित त म पनि छैन नि | मेरा पनि अवगुण छन् जुन म सम्झिन्न भने अरुको किन सम्झनु ? बिर्सिदिए हुदैन र | म अरुलाइ उसका दोषले मापन गर्दछु भने अरुले पनि मलाई मेरा दोषले नै मापन गर्दछन, होइन त ? त्यसैले किन ५% लाई हावी हुन दिने ?

९५% लाई मात्र हावी हुन दिएर हेरौं त जीवन कति सुखी हुन्छ | मतभेद हामी सबैमा हुन्छ तर मनभेद चाहिं नगरे हुन्न र ? अवश्य हुन्छ | सबैले आफ्नो आफ्नो जिन्दगि बाटो आफैंले तय गर्ने हो | कहिले कसैसंग मिलेर कहिले कसैको पछि लगेर सबैले यो बाटो तय गर्नु पर्दछ | कहिले म कसैको पछि लाग्नु पर्ला भने कहिले कोहि मेरो पछि लाग्लान |

अनि सबैले गर्न्ने नै यहि हो भने मिलेर गरे गन्तब्य कति राम्रो हुने थियो होला ? यसैले गुण मात्र सम्झिउ दोष होइन, किन गर्ने भनेर नसोचौं कसरि गर्ने भनेर सोचौं, आफ्ना धारणाहरु मात्र नराखौं, अरुका धारणा पनि सुनौं | अनि हेरौं त जीवन कति सुखी हुन्छ |

एउटा पुरानो गीत छ, मलाई असाध्यै मन पर्छ – “Everything is beautiful in its’ own way like a starry summer night or a snow-covered winter’s day.

Everybody’s beautiful in their own way under God’s heaven the world’s gonna find a way.”

साचैं आफ्नो हिसाबले सबै असल छन् | त्यसैले असल गुणहरु मात्र सम्झिउ, कमसल होइन |

प्रतिक्रिया