गीतबारे दिपकले मुख खोले-गीत (भिडियो)

इनेप्लिज २०७४ साउन १२ गते २०:११ मा प्रकाशित

 

यति बेला बजार तताएको छ, छक्का पन्जा २ को गीतले । नेपाली फिल्म छक्का पन्जा असोज ११ जेत बाट एकै साथ प्रदर्शनमा आउन लागेको छ । दिपकराज गिरी र दिपा श्री निरौलाको नाम जोडिएर बनेको फिल्म प्रतिक्षाको रुपमा रहेको छ । अधिल्ला फिल्ममा जस्तै यो फिल्मबाट पनि निर्माण पक्षले धरै नै अपेक्षा गरेको छ । अझ छक्का पन्जाको सिक्वेलको रुमपा रहेको यो फिल्म नेपाली सिनेमाहरुको सिक्वेललाई हेर्ने हो भने त्यती चलेको देखिदैन । दिपकले बिभिन्न मिडियालाई दिएको अन्र्तवार्ता हेर्ने हो भने पनि नाम मात्र सिक्वेल हो तर कथा बस्तु फरक रहेको बताईरहेका छन् । पहिलेका फिल्ममा सुन्के थैली खै र पूर्व पश्चिम रेल जस्ता धमकेदार गीत दिईसकेको उनको टीमले यो बर्ष पनि छक्का पन्जा २ को त्यस्तै गीत आउनेमा दर्शक प्रतिक्षारत थिए । जब गीत रिलिज भयो तब यसको चर्चा बजारमा सुनिन थाल्यो । गीत पहिलेका फिल्म भन्दा भिन्दै प्याटनमा आयो तर गीत चोरी गरेको आरोप समेत निर्माण पक्षलाई लागेको छ । कान्छा मगर नेपालीको गीतलाई दिपकराज गिरीले आफ्नो शब्द भनेर एरेन्जर आल्मोडा राना उप्रेतीलाई एरेन्ज गर्न लगाए । गीतको नेम टाईटलमा देख्न सकिन्छ कि त्यहा शब्द प्रिन्स र दिपकराज गिरी लेखिएको त ।

दिपक भन्छन् गीत पुरानो हो, उनले पनि सानो सानोमा सुन्ने गरेको बताएका छन् । उनकै शब्दमा भन्नु पर्दा यो गीत को शब्द अर्कै थियो,
ए दाजु नसमाउ नाडिमा
जान्न म त खुर्सानी बारीमा

यस्तो गीतलाई कान्छा मगर नेपालीले जान्न म त इन्जिनको गाडीमा भनेर मोडिफाई गरेका थिए । कान्छा मगरको गीत चोरेको आरोप लागेका गिरीले मगरले पनि अरुको गीत चोरेको र मगरको गीत हामीले चोरेर झन मोडिफाई गरेको भनेका छन् । हेर्रौ कस्तो थियो त पुरानो र नयां छक्का पन्जा २ को गीत ।

प्रतिक्रिया