गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आगामी दुइ बर्षको लागि (२०१७/२०१९) को आसन्न निर्वाचनमा मैले राष्ट्रिय समन्वय समिति सदस्य (बोर्ड अफ डाइरेक्टर)मा उम्मेद्धारी दिएको छु । म बिगत दुइ बर्ष देखि एनआरएन टेक्सास च्याप्टर महिला संयोजक भै विभिन्न काम सफलता साथ सम्पन्न गर्दै आएकी छु र टेक्सास च्याप्टर महिला संयोजक भएको नाताले धेरै साथीहरु र शुभेच्छुक हरुबाट संस्थामा निरन्तरता दिन आग्रह र म आफैमा पनि समाजसेवाप्रतीको गहिरो रुचिका कारण सबैको आग्रहलाई स्विकार गर्दै बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको हुं । गैर आवासीय नेपालीहरुबीच सहयोग, सदभाव कायम गर्न तथा स्वदेश र प्रवासमा रहेका नेपालीहरुका लागी परोपकारी कार्यमा संलग्न भइरहन मेरो उम्मेद्धारी भएका कारण सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु ।
सर्बप्रथम हामीहरुले बुझेका छौ गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकामा बुद्धिजीवी, महिला, युवा र ब्यबसायीहरुको सहभागिता आबश्यक छ दोश्रो नेपाली सामुदायिक संस्थाहरु संग उच्च तहबाट समन्वय र सहकार्यको बातावरण आवश्यक छ र तेश्रो स्थानीय , प्रान्तीय ,संघीय तहको अमेरीकन सरकार संग नेपाली समुदायको पहिचानको लागि सामन्जस्यता बढाउनु पर्ने भएको छ यिनै आवस्यकताहरुलाई एनआरएन अमेरीकाको कार्य सुचिमा राखन प्रयत्न गर्न म आउदो दुइ बर्ष प्रतिबद्ध रहेकी छु ।
अन्त्यमा सबैको आग्रह र मेरो चाहनालाई मुर्त रुप दिन बोर्ड अफ डाइरेक्टरमा अमुल्य मत दिएर बिजयी बनाउनुहुनेछ भन्ने विश्वास लिएकी छु । सहयोग र समझदारी लागि हार्दिक । धन्यवाद ।
दिव्या के सी वली
प्रतिक्रिया