डिसी नेपाली समाज, अमेरिकाले २०१७ अगस्त २४ मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने

इनेप्लिज २०७४ साउन १२ गते १४:३१ मा प्रकाशित

डिसी नेपाली समाज, अमेरिकाले २०१७ अगस्त २४ मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने । हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाइ हार्दिक शुभकामना ब्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही अगस्ट 24 तारिख २०१७ बिहीवार हरितालिकाको दिन तीजको ब्रतको पूजा आयोजना राखेको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा पूजा गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौं |

अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस क्षेत्रमा आउनु हुने सबै आमा, दिदीबहिनीहरुलगायत सम्पूर्ण भक्तजनहरुलाई सदा झैँ डिसी नेपाली समाज,अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचनामार्फत जानकारी गराउँछौ । कृपया यस तीजको पूजामा आउन ईच्छ्युक दिदिबहिनीहरुले आफ्नो नाम अग्रिम टिपाउनु हुन हार्दिक अनुरोध गर्दछौ । पहिलो ग्रुप पूजा बिहान ९ बजे र अन्तिम ग्रुप पूजा बेलुक़ी ६ बजे गरी बिबिध ग्रुपमा हुन लागेको यस् पूजामा भाग लिनका लागि तलका सम्पर्क नम्बर हरुमा संपर्क राख्नु होला ।

धन्यवाद ।

डिसी नेपाली समाज, अमेरिका

14102 WoodRock Way Centreville VA 20121
सम्पर्क : गुरु राजेन्द्र खनाल 703-870-6480 or 571-315-7682अजिता रुपाखेती 703-222-0502 or 703-909-7123
शारदा ढुंगाना :571-296-4480 or 571-438-5499
गीता ढुंगेल (703) 209-1533 or (703) 317-7413

 

प्रतिक्रिया