मास्कोमा नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ६१–यौ वार्षिकोत्सव कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७४ साउन ११ गते ९:१४ मा प्रकाशित

 

मास्को, २० जुलाई २०१७ (वृहस्पतिवार) । नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ६१–यौं वार्षिकोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा भव्य समारोह सुसम्पन्न भएको छ । समारोहमा रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभको नेतृत्वमा मैत्री समाजका पदाधिकारी एवं समस्यहरूका साथै नेपालका लागि पूर्ख राजदूत सेर्गेइ भेलिच्किन, रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तरगत प्राच्यविद्या संस्थान भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना शाउम्यान प्रभृति गण्यमान्य रसियाली अतिथिहरू तथा  गैरआवासीय नेपाली सघका केन्द्रीय महासचिव डा. बद्री के.सी., केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी, रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्ढारी, रूस आप्रवासी संघका उपाध्यक्ष रवीन्द्र भट्टराई, नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष mष्लि कट्टेल,  नेपाल खेलकूद तथा संस्कृति संघका उपाध्यक्ष रामेश्वर गौतम, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, विश्व नेपाली साहित्य महासंघ रूस शाखा, नेपाली नारी निकुञ्ज लगायत रूसमा वसोवास गरिरहेका नेृपालीहरूका विभिन्न सामाजिक–सांस्कतिक संगठनका पदाधिकारी च कदस्यहरूपय बाक्लो उपस्थिति रहेको थियो । समारोहका प्रमुख अतिथिको रूपमा रूस–नेपाल सहयोग तथा मैत्री समाज संरक्षक परिषदका अध्यक्ष, रूस महासंघको वायुसेनाका मेजर–जर्नेल, दुई पटक सोभियत संघको उच्च उपाधिबाट विभूषित अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभको समुपस्थिति रहेको थियो ।

मास्को, २० जुलाई २०१७ (वृहस्पतिवार) । नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ६१–यौं वार्षिकोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा भव्य समारोह सुसम्पन्न भएको छ ।

समारोहमा रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभको नेतृत्वमा मैत्री समाजका पदाधिकारी एवं समस्यहरूका साथै नेपालका लागि पूर्ख राजदूत सेर्गेइ भेलिच्किन, रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तरगत प्राच्यविद्या संस्थान भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना शाउम्यान प्रभृति गण्यमान्य रसियाली अतिथिहरू तथा  गैरआवासीय नेपाली सघका केन्द्रीय महासचिव डा. बद्री के.सी., केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी, रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्ढारी, रूस आप्रवासी संघका उपाध्यक्ष रवीन्द्र भट्टराई, नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष mष्लि कट्टेल,  नेपाल खेलकूद तथा संस्कृति संघका उपाध्यक्ष रामेश्वर गौतम, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, विश्व नेपाली साहित्य महासंघ रूस शाखा, नेपाली नारी निकुञ्ज लगायत रूसमा वसोवास गरिरहेका नेृपालीहरूका विभिन्न सामाजिक–सांस्कतिक संगठनका पदाधिकारी च कदस्यहरूपय बाक्लो उपस्थिति रहेको थियो । समारोहका प्रमुख अतिथिको रूपमा रूस–नेपाल सहयोग तथा मैत्री समाज संरक्षक परिषदका अध्यक्ष, रूस महासंघको वायुसेनाका मेजर–जर्नेल, दुई पटक सोभियत संघको उच्च उपाधिबाट विभूषित अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभको समुपस्थिति रहेको थियो ।

नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेले समारोहको शुभारम्भ गर्दै रूस–नेपाल दौत्य सम्बन्ध स्थापनाको ६१–यौं वार्षिकोत्वको उपलक्ष्यमा उपस्थित सबै नेपाली तथा रसियाली मित्रहरूलाई शुभकामना व्यक्त गर्नुभयो र रसियालीहरूमध्ये सर्वप्रथम सन् १८७५ मा नेपालको यात्रा गरी नेपाली संस्कृतिको चिनारी आफ्ना देशवासीहरूलाई दिने प्राच्यविद इभान मिनाएभ तथा बीसौ शताब्दीको मध्यतिर नेपाल पुगी आधुनिक होटल संचालन गरी नेपालमा पर्यटन उधोग जग बसाल्ने रूसी व्यवसायी बोरिस लिस्सानेभिचको देनको स्मरण गर्दै विगत ६ दशकको दौरानमा सोभियत संघले नेपालको विकासको पूर्वाधार सिर्जनामा र नेपालका लागि राष्ट्रिय विशेषज्ञहरूको तैयारीमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो । महामहिमज्यूले बीसौ शताब्दीको अन्तिम दशकमा हाम्रा दुवै देशमा आएको प्रजातान्त्रिक कायाकल्पपश्चातर पनि नेपाल र रूसबीचको सम्बन्ध पूर्ववत् सुमधुर रहिआएको चर्चा गर्नुहुँदै नयाँ परिस्थितिमा दुई देशका बीचमा व्यापार–विनिमयमा सन्तुलनको आवश्यकता रहेको तर्पm औंल्याउनुहुँदै रूसले नेपालमा जलविद्युतर परियोजना, पर्यटन विकास आमि खिभिन्न क्षेत्रमा लगानी गर्ने सम्भावना रहेको छ भनी जोड दिनुभयो र नेपालमा सन् २०१५ को वसन्तमा गएको महाभूकम्पको वेला रूसले पु¥याएको राहत कार्यको लागि रूस सरकार तथा जनताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

महामहिमज्यूले समारोहका प्रमुख अतिथि अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई उहाँको ७५–रौं शुभजन्मोत्सवको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दै सम्मानपत्र प्रदान गर्नुभयो ।     रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले आफ्नो वक्तव्यमा सरकारी स्तरको कूटनीतिको महत्व आफ्ने स्थानमा छ, तर जनस्तरीय कूटनीतिले पनि यसमा ठूलो टेवा दिने चर्चा गर्दै हाम्रा देशहरूबीच मैत्री सम्बन्मको विकासमा हाम्रा दुवै देशमा कार्यरत सामाजिक संघसंस्थाहरूको महत्व जनाउनुभयो र नेपालमा विध्वंशक महाभूकम्पको दुष्परिणामको निराकरणमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको तर्पmबाट पनि सक्दो राहत उपलब्ध गराइएको स्मरण गर्नुभयो । मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई ७५–रौं शुभजन्मोत्सवको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दै सम्मानपत्रका साथै दागेस्तानी इस्पातको बुट्टेदार म्यानासहितको सुन्दर तरवार उपहारस्वरूप प्रदान गर्नुभयो ।  गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष  दीनानाथ राजभण्डारी तथा नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का अध्यक्ष मिलन कट्टेलले पनि रूसमा रहेका सम्पूर्ण नेपालीहरूको तर्पmबाट शुभकामनाका शब्दहरूसहित सम्मानपत्र प्रदान गर्नासाथै दीपेश दाहाल दम्पतिले पुष्पगुच्छाले सम्मान गरे । प्रा.डा. सूर्यप्रकाश पौड्यालले अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभको नेतृत्वमा नेपाल–रूस मित्रताको बहुस्तरीय पुल उच्चतामा पुग्नेछ भन्ने विश्वास व्यक्त गर्दै बुद्धको मूर्ति उपहार दिनुभयो भने मैले पनि रासुल हाम्जातोभका नेपालविषयक माथि उल्लिखित काव्यहरूको अनुवादकको नाताले रूसको भूमिमा हाम्रा आदिकवि भानुभक्त आचार्यको र नेपालमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना भइसकेको परिप्रेक्ष्यमा नेपालको तीनपल्ट यात्रा गर्ने दागेस्तानी जनकवि रासुल हाम्जातोभ तथा उन्नाईसौं शताब्दीमै नेपालको सर्वप्रथम यात्रा गर्ने रूसी विद्वान् इभान मिनाएभको प्रतिमा नेपालमा र दौत्य कम्बन्ध क्थापना हुनुभन्दा पहिले नै सन् १९५३ मा रूस पुगेका र पछि सन् १९५८ मा मास्कोमा १ महिना उपचारार्थ बसी रूसको गाथा गाउने महाकवि लक्ष्मीप्रसाद देवकोत्राको प्रतिमा रूसमा स्थापना होस् भन्ने कल्पनाले कुनै दिन मूर्त रूप लिनेछ भन्ने ज्भिव्यक्ति दिंदै विश्वविख्यात अन्तरिक्षथात्रीको शुभ जन्मोत्सवको उपलक्ष्यमा रूसी भाषामा हालै प्रकाशमा ल्याइएको बीसौ शताब्दीका नेपाली लेखकहरूको साहित्यिक तथा सांस्कृतिक चिन्तनको परिचय दिने पुस्तक ‘स्रष्टा र साहित्य’ उपहार दिंने अपसर पाएको थिएँ ।

आफ्नो छोटो र मिठो मन्तव्यमा रूस–नेपाल सहयोग तथा मैत्री समाज संरक्षक परिषदका अध्यक्ष समेत रहनुभएका अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभले नेपाली राजदूतावासमा दुई देशबीच दौत्यकम्बल्ध स्थापनाको ६१–यौं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुका साथै आफ्नो ७५–रौं जन्मोत्सवको सन्दर्भमा व्यक्त गरिएको शुभेच्छा र सम्मानका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो र वर्तमान अवस्थामा रूसले जस्तै नेपालले पनि विभिन्न चुनौतीहरूको सामना गर्नुपरिरहेको चर्चा गर्नुहुँदै हाम्रा दुवै देशका जनताहरू आफ्ना समस्याहरूको समाधान पहिल्याउन सफल हुनेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।अन्त्यमा के पनि उल्लेख्इ छ भने रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलद्वारा प्रसारित विज्ञप्तिमा  ‘कार्यक्रम सफल पार्न आर्थिक सहयोग गरेर विशेष योगदान गर्नुहुने’ श्री शंभु तिवारी, श्री शिवमणि भुर्तेल, श्री  सूर्य रिजाल श्री  रोृशन पोखरेल, श्री दीनानाथ राजभण्डारी, श्री  टेकराज निरौला, डा. बद्री के.सी., डा. भरतराज शर्मा पौडेल, डा. ऋषिकान्त मण्डलप्रति विशेष आभार प्रकट गर्नुका साथै रेष्टुरेन्ट ‘ओमशान्ति’ परिवार र श्री डिल्ली खरेल ‘सुमन’ लई हार्दिक धन्यखाद ज्ञापन गनुभएको छ ।पोटो सौजन्थ ः बोरिस भेर्शिनिन।मिति ः२२ जुलाई २०१७मास्को, रूस महासंघ ।

 

प्रतिक्रिया