परदेशी भुमि बाट मोडल रोजेन सुन्दास मोडलिङमा जम्दै (भिडियो सहित)

इनेप्लिज २०७४ साउन ११ गते ८:४४ मा प्रकाशित

 

काठमाडौँ : परदेशी भुमि बाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन l सानै उमेर बाट आफुलाई मोडल तथा नायक बनाउने सोच लिएर अगाडि बढेका मोडल रोजेन सुन्दास अन्तत दक्षिण कोरियामा बसेर भए पनि मोडलिङलाइ निरन्तरता दिदै आएका छन l चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङ राईको एल्बम `सङ्गीतालाप´मा समाबेश भएको `किन गयौ टाढा – टाढा …´ बोलको गीतको म्युजिक भिडियो मार्फत उनले मोडलिङलाइ सुरुवात गरेका छन भने यसै म्युजिक भिडियो बाट निर्देशनको यात्रा पनि सुरु गरेका छन l जुन म्युजिक भिडियो भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

 

मनोज साङ्सोन राईको सङ्गीत रहेकोे यो गीतको छायांकन दक्षिण कोरियामा गरिएको छ भने कलाकारहरू रोजेन सुन्दास र रीता क्षेत्रीको अभिनय रहेको यो म्युजिक भिडियोमा रोजेन सुन्दासको निर्देशन तथा दीपक पौडेलले छायांकन रहेको छ ।

करीब चार बर्ष अगाडि `फूलजस्तै लाग्थ्यो माया एल्बम निकाल्नु भएका गीतकार राईको यो दोश्रो एल्बम `सङ्गीतालापको बजार व्यवस्थापन बिन्दबासिनी म्युजिकले गरेको छ ।

भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया