डिसीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास )भर्जिनिया शाखाको सपथ ग्रहण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ साउन १० गते २२:५९ मा प्रकाशित

नेपाली कला साहित्य र संस्कृतिको उत्थान, संरक्षण र सम्वर्द्धन गर्ने तथा नेपाली कलाकार एवं साहित्यकारहरुको हितको लागि काम गर्न स्थापित अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)को भर्जिनिया शाखाको सपथ ग्रहण को साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ l

विश्व भरका नेपाली मूलका कलाकर्मी र साहित्यकर्मीहरु एकवद्ध भएर अघि बढ्ने क्रम जारि रहेको भने ६६ वटा देशमा शाखाहरु स्थापित भै सकेको छ । यसै क्रममा गत जुलाई २३ तारिख मा डिसी महानगर क्षेत्रको भर्जिनियाको आसबर्न शहरमा अमेरिकाको भर्जिनिया राज्य समितिका नव नियुक्त पदाधिकारीहरुलाई शपथ ग्रहण को साथै प्रमाणपत्र वितरण गरी सम्पन्न गरियो ।

यसै क्रममा सँस्थाका केन्द्रिय अध्यक्ष आनन्दु लामा ले स्वागत मन्तब्य राखेका थिए भने डिसी क्षेत्र को चर्चित संगीत मण्डली ले बाध्य बादन धुन बाट कार्यक्रमको सुरुवात गरिएको थियो l उक्त सपथ ग्रहण कार्यक्रममा ईनास (इन्टरनेसनल नेपाली आर्टिस्ट सोसाइटी )को कार्य तथा उदेस्य सम्बन्धि संस्थाका केन्द्रिय सल्लाहकार तथा लेखा परीक्षक हरि शर्माले प्रकाश पारेका थिए l यसै गरि कार्यक्रममा सुभद्रा पराजुलीले कविता वाचन ,श्रीया पराजुलीले नृत्य ,प्रिषा श्रेष्ठले देश भक्ति गीत ,सुमन श्रेष्ठ ,नेपाल थापा ,फ्युजन ब्याण्ड को प्रस्तुति र रिता श्रेष्ठले गीत गाएका थिए l

यसै गरि लक्ष्मण पौडेल तथा कल्पना देवकोटाले बेजोडको लोक गीत प्रस्तुतिले दर्शक मनोरंजन गर्दै साथ दिदै गीत संगै नाचेका थिए l ईनासको भर्जिनिया राज्य समितिको अध्यक्षमा गोविन्ददास श्रेष्ठ ,उपाध्यक्षमा राहुल केसी, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा अर्जुन घिमिरे तथा सदस्यहरुमा अनिल तिमिल्सिना, शान्त पोखरेल, ईन्दु पोखरेल, गोमा सँग्रौला,दिनेश थापा, ईश्वर तामाँग तथा प्रज्वल कर्माचार्य निर्वाचित भएका छन् l

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज भर्जिनिया शाखाको सल्लाहकारमा अँकुश नेपाल तथा रमेश मैनाली रहेका छन् । ईनास केन्द्रका सल्लाहकार हरि शर्मा तथा ईनास केन्द्रका अध्यक्ष आनन्दु लामाले सवै पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो

प्रतिक्रिया