गुड्दै गरेको ट्रकको पाङ्ग्रा फुस्कियो || ट्रक गयो नालीमा || भाग्यले बाँचे चालक

इनेप्लिज २०७४ साउन १० गते १३:३६ मा प्रकाशित

सामान बोकेर तिब्र गतिमा आउदै गरेको ट्रकको पाङ्ग्रा फुत्किन लाएपछि अनियन्त्रित भएको ट्रक सडक नालीमा पुगेर पल्टिएको छ । चितवनबाट सामान बोकेर आउदै गरेको ट्रक तनहुको थर्पु नजिकै पुग्दा चालकले ट्रक अनियन्त्रित भएपछि रोक्न खोजे । रोक्न नपाउदै अगाडी को दाया पाङ्ग्रा आवश्यक भन्दा बाहिर निस्कीएको थाहा पाए । ब्रेक लाउदा लाउदै ट्रक सडकको नालीमा गयो र धसियो । ट्रक धसिएपछि ट्रकको अगाडीको भागमा नराम्रो संग क्षती भयो धन्न भाग्यले चालक र सहचालक बाँचे पछि प्रहरी र स्थानीयको पहलमा क्रेन ल्याएर धसिएर बसेको ट्रकलाई निकालेर अबरुद्ध बाटो खुलाएका थिए । (भिडियोमा हेर्नुहोस् कसरी ट्रकको पाङ्ग्रा फुस्कीयो ? )

प्रतिक्रिया