प्रधानमन्त्रीको छोराले सगरमाथा चढ्दा १ करोड पाउने हामीलाई सम्मान पनि छैन

इनेप्लिज २०७४ साउन १० गते १३:२४ मा प्रकाशित

सोलुखुम्बु हालको दुधकुण्ड नगरपालिका वडा नं. ७ का विजय घिमिरे बि.क. सन् २०१७ को मे २२ तारिख अर्थात जेठ ८ गतेको दिन विहान ५ बजेर ५ मिनेटमा सगरमाथाको शिखर चुम्न सफल भएका थिए । उनले दलित समुदायबाट पहिलो पटक सगरमाथाको आरोहण गर्दै एक उदाहरणीय काम गरेर देखाए । दलित समुदायका आउँदो पिडीलाई उनी हौसलाको पात्र भए ।

सोलुखुम्बुका बिजयले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नेपालको सिंगो दलित समुदायमा अतुलनीय योगदान पुर्याएका छन् ।
पिएनपिखबरले घिमिरेसँग लिएको अन्तर्वार्तामा दलित समुदाय बाट गरिएको उदाहरणीया काममा सरकारले वास्ता नगरेको गुनासो गरे ।

प्रतिक्रिया