डिसी महानगर कि नगर प्रमुखले अधिवक्ता निरन्जन अधिकारीलाई आयोग सदस्यको पदको सपथ ग्रहण गराइन

इनेप्लिज २०७४ साउन १० गते १:३५ मा प्रकाशित

जुलाई २४ ,नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई वाशिंगटन डिसीका नगर प्रमुखले वाशिंगटन डिसीमा आज एक समारोह बीच आयोग सदस्यको पदको सपथ ग्रहण गराएकी छिन् l उनि लगायत अन्य आयोग सदस्यहरुलाई पनि सपथ ग्रहण वाशिंगटन डिसी महानगर कि नगर प्रमुख म्युरिएल बाउजरले गराएकी हुन् l आज अधिकारीले अमेरिकाको पूर्वीय समय अनुसार साँझ ५ बजे सार्बजनिक रुपमा सपथ ग्रहण गरेका हुन् l

अधिकारीलाई म्युरिएल बाउजर ले एसियन तथा प्रशान्त द्विप वासी समुदाय विकास आयोग सदस्यमा गत मे ५ तारिखमा मनोनयन गरेकी थिइन् l आजै सपथ ग्रहण गरेका अधिकारीको कार्यकाल ३ बर्षको लागि हुने छ l उनि अप्रिल १७ ,२०२० सम्म को लागि सम्म जिम्मेबार बहन गर्ने भएका छन् l

उनले ईनेप्लिज संग कुराकानी गर्दै डिसी क्षेत्रमा रहेका एसियन तथा प्रशान्त द्विप वासीहरुका सामुदायिक समस्याको लागि काम गर्न उत्सुक रहेको बताए l कुनै पनि समस्या भएमा डिसि महानगर का प्रमुखको कार्यालयमा कुराहरु राख्न सुझाव दिएका छन l अधिकारीले अगाडी थप कुराहरु राख्दै अव आफुलाई दिएको जिम्मेबारी प्रति केन्द्रित हुने र आफुले पाएको अवसर लाई कार्यकाल भर ईमान्दारी साथ काम गर्ने प्रतिबद्धता गरेका छन् l

आयोग सदस्य अधिकारी कानुन व्यवसायी हुन् भने उनको आफ्नो कानुन परामर्श केन्द्र डिसीमा संचालनमा रहेको छ l आयोगमा रहेका सदस्यहरुले शहर बिकासको लागि राय ,सल्लाह र सुझाव दिने गर्दछन l सामुदायिक नियुक्ति भएकोले हरेक महिना बैठकमा सहभागी हुनु पर्ने अधिकारीले बताए l

 

 

 

प्रतिक्रिया