सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई सम्मान गरिने

इनेप्लिज २०७४ साउन ८ गते ११:०२ मा प्रकाशित

काठमाडौंर सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई सम्मान गरिने भएको छ । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४मा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतम र रङ्ग पत्रकारिता सम्मान कुवेर गिरीलाई सम्मानित गरिने भएको हो । प्रत्येक वर्ष अवार्डमा दुई जना सञ्चारकर्मीहरुलाई सम्मान गर्दै आइएको छ । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आज एक कार्यक्रमको आयोजनाबीच उत्कृष्ट पाँचलाई मनोनयपत्र वितरण गर्ने कार्यक्रममा उक्त घोषणा गरिएको थियो ।

यहि साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा उत्कृष्टबाट सर्वोत्कृष्ट छानिने आयोजक समितिका अध्यक्ष किरण अधिकारीले जानकारी गराए । ‘नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश प्रत्रिका प्रकाशन गर्दै आएका छौ । मोफसलबाट शुरु गरेको यो प्रतियोगिता अहिले राष्ट्रिय स्तरको गर्न सफल भएका छौ,’ किरणले भने ।

उत्कृष्ट पाँचलाई निर्णायक, अतिथिहरु आरसी कोइराला, दुर्गा रायमाझीलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने आयोजक समितिका सदस्य सचिव मनोज थापाले बताए । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा. लि.काठमाडौंले गर्ने भएको छ ।

 

प्रतिक्रिया