मिस एयरहोस्टेज नेपाल २०१७ को फाइनल अडिसन श्रावन १४ गते

इनेप्लिज २०७४ साउन ८ गते ७:४८ मा प्रकाशित

काठमाडौं : मिस एयरहोस्टेज नेपाल २०१७ को फाइनल अडिसन यहि आउदो श्रावन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ । फेशन ट्रेण्ड नेपाल द्वारा आयोजित तथा शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको प्रस्तुतिमा हुन गईरहेको यस प्रतियोगिताको पहिलो र दोश्रो अडिशन भने सम्पन्न भईसकेको छ l मिस एयरहोस्टेज नेपाल २०१७ को फाइनल अडिसन श्रावन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा बुहान ११ बजे देखि २ बजे सम्म हुने कुराको जानकारी पनि आयोजक सस्थाले गराएको छ l

उक्त प्रतियोगिता छनौट भएका प्रतिस्प्रधीहरुले भबिष्यमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा समेत प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको कुरा आयोजक सस्थाले गराएको छ ।

शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको प्रस्तुतिमाले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवतीहरुले शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन । उक्त प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन भने एयरहोस्टेज बन्नमा पनि सहयोग पाउने भएका छन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ ।

प्रतिक्रिया