मनाससमा निशुल्क रगत परीक्षण जुलाई २९ गते तथा स्वास्थ शिबिर अगस्त ५ तारिख गरिने

इनेप्लिज २०७४ साउन ६ गते २२:२३ मा प्रकाशित

अमेरिका नेपाल सहयोगि समाज को आयोजनामा आगामी अगस्त ५ तारिख भर्जिनियाको मनासस शहरमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ l उक्त अगस्त ५ कै दिन रगत परिक्षणको रिजल्ट (प्रतिबेदन)लिन चाहना राख्नेले अगस्त ५ तारिख कै दिन वितरण गर्ने योजना समेत रहेकोले जुलाई २९ तारिख शनिबारका दिन केवल रगत परीक्षण गर्न आउन हुन् सवैमा अनुरोध गरेको छ l

रगत परीक्षण एक हप्ता अगाडी नै गर्दा आफ्नो रगत को अवस्था बारेमा थाहा पाईने हुनाले जुलाई २९ मा रगत परीक्षण को लागि आब्हान गरिएको आयोजकले बताएका छन् l तर अगस्त ५ तारिख मा स्वास्थ्य परिक्षण को साथै रगत परिक्षण पनि हुने तर रगत परिक्षणको परिणाम केहि समय पर्खनु पर्ने आयोजक ले जानकारी दिएका छन् l

गत जून २७ तारिखका दिन भएको स्वास्थ्य शिबिरमा डीसी महानगर क्षेत्रका ६० जना बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि आवस्यक परामर्श दिइनुका साथै रगत जाँच समेत गरिएको थियो। शिविरमा बिशेष गरि स्वास्थ्य बिमा नभएका ,जेष्ठ नागरिक र अझ स्वास्थ्य परामर्स लिन चाहने व्यक्तिहरुलाई सेवा प्रदान गरिने छ l

स्वास्थ्य शिबिरका चिकित्सकहरुमा जेरी ली ,लिली केसी ,राजन फुएल ,अनिल सुवाल तथा अन्य दुई चिकित्सक द्वारा स्वास्थ्य परिक्षण गरिने छ l अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।

बिस्तृत जानकारीको लागि संस्थाको आधिकारिक संजाल (वेब) हेर्न सक्नु हुनेछ l

http://www.anhsdc.org/

 

प्रतिक्रिया