डिसी नेपाली समाज जनै पुर्णिमाको तयारीमा जुट्दै

इनेप्लिज २०७४ साउन ६ गते ०:०६ मा प्रकाशित

वाशिंगटन डिसी ,वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ यस बर्षको जनैपूर्णिमा मनाउन तयारीमा जुटेको छ ।

संस्थाको तर्फ बाट सामाजिक संजाल मार्फत डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि निमन्त्रणा गरेको छ । यस बर्ष आगामी अगस्ट ७ तारिख २०१७ सोमबार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको छ l

जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान ७ बजे देखि सुरु गरिने छ l सदा झैँ यस बर्ष पनि क्वाटी तथा फलाहार पनि खुवाउने व्यवस्था गरिने भएको जानकारी समाजका उपाधक्ष्य दधिराम ढुंगानाले दिएका छन् ।

सधै झैँ नेपाली समुदायको बाक्लो उपस्थिति हुने विश्वास गरिएको छ भने डिसी महानगर क्षेत्रका पण्डित राजेन्द्र खनालले आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन तथा अन्य पूजा अर्चना गर्ने छन् ।

नेपालको समयानुसार यसपटकको जनै पूर्णिमा चन्द्र ग्रहण परेकोले नागपञ्चमीकै दिन जुलाई २८ तारिख गर्ने निर्णय भएको छ, तर अमेरिकमा भने त्यो दिन ग्रहण नलाग्ने भएकाले अमेरिकाम रक्षाबन्धन तथा जनै पूर्णिमा अगस्त ७ तारिख मनाउन लागिएको हो।

 

प्रतिक्रिया