अमेरिकाको टेक्सासमा भानुजयन्ती

इनेप्लिज २०७४ साउन ४ गते १:२३ मा प्रकाशित

लवक, टेक्सासका लवकमा साहित्यिक श्रष्टा आदिकवि भानुभक्त आचार्यको २०४ औ जन्मजयन्ति भव्यताका साथ मनाइयो । यहाँ स्थित नेपालीहरुको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाजले गत आईतवार एक कविता गोष्टिको आयोजना गरि भानुजयन्ति मनाएको हो ।

स्वर्गिय श्रष्टा भानुभक्तको तस्विरमा माल्यार्प्रण गर्दै शुरु भएको यस कार्यक्रममा विभिन्न सहभागिहरुले आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उपश्थित एक साहित्य अनुरागी प्रमोद घिमिरेले भानुभक्तको जिवनी प्रस्तुत गरेका थिए भने शर्मिला पराजुलीले भानुभक्तद्धारा लिखित स्लोक उच्चारण तथा कविता वाचन गरकी थिइन ।

भानुभक्तप्रति श्रद्धान्जलीस्वरुप आ आफ्ना रचना सुनाउनेहरुमा प्रभा घिमिरे, सुरेन्द्र गौतम, अस्मिता रावल, रेशम घर्ति, अस्मिता रावल, दुर्गा भुजेल र प्रकाश पराजुली रहेका थिए ।

उक्त कार्यक्रममा वालवालिकाहरुबीच कविता प्रतियोगिता सन्चालन गरिएको थियो । प्रा डा मेघनाथ पराजुली र सुरज खड्काको एक निर्णायक मण्डल गठन गरि प्रतियोगीहरुबीचबाट उत्कृष्टहरुलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट छनौट हुनेहरुमा सौभाग्य भण्डारी प्रथम, आशुतोष जोशी द्धितीय र आसिया भण्डारी तृतीय भएभने कृतिका गौतम, निता घर्ति र प्रसंसा घिमिरेले सान्तवना पुरस्कार प्राप्त गरे ।

त्यसैगरि हस्तलेखन प्रतियोगितामा प्राथमिक स्तरमा कृतिका गौतम, मध्यमस्तरमा आषुतोष जोशी र उच्चस्तरमा आशिया भण्डारी उत्कृष्ट छानिएका थिए । समाजका पूर्व अध्यक्ष रेशम घर्तिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डा माधव पाण्डे, प्राध्यापक विभा गौतम, लगायत दर्जनौ साहित्य अनुरागीहरुको उपश्थिति रहेको थियो ।

प्रतिक्रिया