क्याट्रिना बस्ने फ्ल्याटको भाडा मासिक १५ लाख !

इनेप्लिज २०७४ साउन ३ गते ६:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री क्याट्रिना कैफ ३५ वर्षकी भइन् । उनी अभिनित ‘जग्गा जासुस’ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ । अचेल उनी सोही फिल्मको प्रमोसनमा खटिएकी छिन् ।

सन् २००३ देखि बलिउडमा सक्रिय क्याट्रिना एउटा फिल्म अभिनय गरेबापत ६ देखि ७ करोड भारुसम्म लिने गर्छिन् । अचम्मको कुरा के छ भने उनको अहिलेसम्म इन्डियामा घर छैन । उनी भाडाको फ्ल्याटमा बस्छिन् ।

कारकी सौखिन क्याट्रिनासँग अडी क्यु–थ्री, अडी क्यु–सेभेनजस्ता महँगा कार छन् । भारतीय मिडियाको दाबीअनुसार क्याट्रिनाको सम्पत्ति ६४ करोडभन्दा बढी छ ।

सुरुवातका दिनमा क्याट्रिना बान्द्राको गुलदेव सागरमा भाडामा बस्थिन् । सन् २०१४ मा भने उनी ब्वाइफ्रेन्ड रणवीर कपुरसँग कार्टर रोडस्थित सिल्भर सेन्ट अपार्टमेन्टमा सिफ्ट भइन् ।

सन् २०१६ को सुरुवातमा उनीहरू छुट्टिए । त्यसपछि क्याट्रिना केही समय त्यही फ्ल्याटमा बसिन् । त्यो फ्ल्याटको भाडा मासिक १५ लाख भारु भएको बताइन्छ ।

त्यसको केही समयपछि क्याट्रिना बान्द्रामा एउटा फ्ल्याट खोजेर सरिन् । जहाँ उनी अहिले एक्लै बस्छिन् । यद्यपि, क्याट्रिनाले हालै मुम्बईमा घर किनेको खबर आएको छ । – एजेन्सी

प्रतिक्रिया