असन्तुष्ट पक्ष एन आर एन ए क्यानाडाको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७४ साउन ३ गते ५:४५ मा प्रकाशित

एन आर एन ए क्यानाडाले जनभावनाको अवहेलना गर्दै स्क्राब्रो लाई टोरोन्टो वाट अलग गर्ने एकपक्षीय मनोमानी निर्णय गरेपछि सो असन्तुष्ट पक्षले बिरुद्ध अदालतमा मुद्धा गर्नुका साथै प्रेस बिज्ञप्ति समेत प्रकाशन गरेका छन्। हेर्नुस , प्रेस बिज्ञप्तिको पाठ जस्ताको त्यस्तै :
प्रेस विज्ञप्तिको पूर्णपाठ :

आदरणीय क्यानाडावासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,

हरेक दुई-दुई वर्षमा हुने नेपालीहरुको साझा छाता संगठन गैर आवासीय नेपाली संघ क्यानडा (एनआरएन–क्यानाडा)को आगामी नेतृत्वको चयन यसै महिना हुदैछ । तर वर्तमान कार्यसमितिले निर्वाचनको मिति घोषणा भई सकेपछि एनआरएन–क्यानाडाको आफ्नै विधान र विगत १० वर्ष देखिको अभ्यासलाई कुल्चदै टोरोन्टोलाई दुई निर्वाचन क्षेत्रमा बिभाजन गर्दै स्कारब्रोलाई मार्खम, एज्याक्स र अरोरा समेत समाबेश गरि क्षेत्र कायम गरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको सबैमा बिदितै छ । संस्थाको सो निर्णय प्रति गम्भिर असहमि जनाउँदै उक्त कदमलाई तत्काल सच्याई विधान बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्न एनआरएन– क्यानडालाई हामी ले लिखित रुपमा आग्रह गरेका थियौ । तर अध्यक्ष श्री तुलसीप्रसाद सापकोटाले गल्ती सच्याउन तयार नरहेको जवाफ दिनु भयो ।

बिना पुर्बाग्रह संस्थाको उक्त निर्णयलाई सच्चाई निर्वाचन प्रकृयामा जाउँ भन्ने हाम्रो सरोकारलाई संस्थाले पुर्ण रुपमा बेवास्था गरे पछि संस्थाको बिधान बिपरित गरिएका यस्ता अबैध निर्णय सच्चाउन न्यायालयको ढोका ढकढक्याउनु बाहेक हामीसँग अन्य कुनै विकल्प रहेन । हाम्रो यो प्रयास बिधान अनुरुप पद्धतिको सुनिश्चितता गर्नु हो । तथापि हामीले मुद्धा दायर गरिसकेपछि पनि वार्ताको ढोका बन्द गरेनौ । नाटकिय रुपमा गरिएको वार्ता एनआरएन–क्यानाडाले एक पक्षिय ढंगवाट बार्ता भंग गदै पुनःनिर्वाचन कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको कुरामा हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ । अदालतमा मुद्धा परिसकेको अवस्थालाइ नजर अन्दाज गरी जबरजस्ती ढंगवाट कार्य गर्न खोज्नु कुनै हालतमा पनि हामीलाई स्वीकार्य छैन् । भोलि अदालतको निर्णयवाट कुनै प्रकारको क्षति भएमा एनआरएन–क्यानाडाका वर्तमान पदाधिकारीले जिम्मावेरी लिनु पर्नेछ । हामी एनआरएन–क्यानाडाको वर्तमान पदाधिकारीवाट क्यानाडाको कानुन र विधान विपरीत भएका कार्यहरुलाई सच्याउन अदालत गएका हौ । क्यानाडाको कानुन अन्तर्गत दर्ता भएको संस्था क्यानाडाको कानुन र अभ्यास अनुसार चल्नु पर्दछ भन्ने हाम्रो ठम्याई हो । एनआरएन–क्यानाडाले क्यानाडाको कानुन र आफ्नै विधान उल्लंघन गरेका केही उदाहरणहरु निम्न बमोजिम छन्:

१. एनआरएन–क्यानाडाको विधान विपरीत टोरोन्टो शहरलाई दुई क्षेत्रमा विभाजन गरेको ।

२. व्यक्तिगत सूचना संकलन र प्रकाशित गर्दा व्यक्तिगत सूचना संरक्षण सम्बन्धि कानुन उल्लंघन गरेको।

३. अध्यक्ष तुलसी सापकोटा कानुनले तोकेको ४ बर्षको सिमा भन्दा विपरीत ६ वर्ष सम्म पदमा बसेको ।

४. आर्थिक वर्ष अन्त्य भएपछि ६ महिना भित्रमा साधारण सभा नगरी क्यानाडाको कानुनको उल्लंघन गरेको ।

५. गणपुरक सख्या नै नपुगेको साधारण सभावाट विधान संशोधन गरी लागु गरेको ।

६. विधान बमोजिम सदस्यहरुलाई निर्वाचन तथा साधारण सभाको जानकारी नदिएको ।

७. तीन महिना अघि नै निर्वाचन आयोग गठन गर्नु पर्नेमा तीन हप्ता अघिमात्र गरेको ।

८. साधारण सभा भन्दा एक महिना अगावै निर्वाचन नगरेको ।

९. विधान बमोजिम योग्यता नै नपुगेकाहरुलाई सदस्यता प्रदान गरेको ।

१०. विधान बमोजिमको शर्त पुरा नै नगरि सदस्यता दिई निर्वाचनमा सामेल गराएको ।

११. विधान बमोजिम पारित नै नगरी निर्वाचन निर्देशिका तयार गरी निर्वाचन गराउन खोजेको ।

१२. निर्वाचनको परिणामलाई प्रत्यक्ष प्रभाव पार्ने गरी सदस्यता खरीद विक्रीलाई रोक्न पहल नगरेको ।

१३. निर्वाचन आयोगको पदाधिकारीमा conflict of interest भएका व्यक्तिहरुलाई नियुक्त गरेको ।

हामीले कसै प्रति पूर्वाग्रही भएर भन्दा पनि संस्थाले नियम कानुनको सिमा भित्र रहेर आफ्नो कार्य संचालन गरोस् भन्ने ध्येयले अदालतसम्म जाने जोखिम उठाएका हौ । एनआरएन–क्यानाडालाई केही सिमित व्यक्तिहरुको स्वार्थको घेरा भन्दा बाहिर निकालेर आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने हाम्रो यो अभियानमा सबैको सहयोग हुने नै छ भन्ने विश्वास समेत लिएका छौ ।

धन्यवाद ।

अन्जनिराज भट्टराई,

बिद्याभूषण कार्की,

भवि न्यौपाने,

माधब बस्ताकोटी,

दधि अर्याल,

मान पौडेल,

भोजराज भाट,

बिबेक पाण्डे,

सुकदेव बराल,

केशब बस्नेत,केशब दहाल,

हरि पोख्रेल,

लेखनाथ तिमिल्सिना,

नविन न्यौपाने

,रबिन्द्र आचार्य,

बिष्णुहरि भन्डारी,

ऋषिकेश घिमिरे,

डा.चन्द्र पौडेल

जुलाई १६, २०१७, टोरोन्टो, क्यानाडा

प्रतिक्रिया