भगवान महादेव प्रकट हुन्छन बोलबममा।

इनेप्लिज २०७४ साउन २ गते १०:५९ मा प्रकाशित

पोखरामा साउनको हरेक सोमबार पोखराको केदारेश्वर महादेव मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर तथा अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा घुइचो लाग्ने गर्छ । त्यस्तै बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका बस्ने गर्छन।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा उलेख्य भक्तहरुको उपस्थिति रहने गरेको छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।

बोलबम साउन को हरेक सोमबार शिव को आराधना गरि मनाउने गरिन्छ । त्यस्तै सोमबार चोखो खाना खाने उपबास बस्ने र शिव भगवान लाइ सम्झिनाले मन मा शान्ति मिल्ने , धन लाभ हुने र पति पत्नी मा सुखद सम्बन्ध हुने कुरामा भक्तजन बिश्वस्थ रहने गरेको भक्तजनहरु बताउछन ।

प्रतिक्रिया