नेपाल र अमेरिका बीच सहि कारणको लागि पुल बन्ने मेरो प्रतिबद्धता :सबिन्द्र थापा , एनआरएन युएसए बोर्ड अफ डिरेक्टर उम्मेदवार

इनेप्लिज २०७४ साउन १ गते १९:१० मा प्रकाशित

टेक्ससका ब्यबसायी तथा समाजसेवी सबिन्द्र थापाले एनआरएन युएसए बोर्ड अफ डिरेक्टरमा आफ्नो उम्मेदवारी दिएका छन् l उनले केहि समय अगाडी उम्मेदवार टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिने सोच बनाएका थिए l र पछिल्लो समयमा उनले आफ्नो मानसिकता परिवर्तन गरि उनले केवल बोर्ड अफ डिरेक्टर पदमा दिने निर्णय गरेका हुन् l

उनले एनआरएन युएसए बोर्ड अफ डिरेक्टर उम्मेदवारी दिए पछि पुन:त्यहि कुरा दोहोर्याउदै आफु राजनीति जान्दिन भन्दै समाज सेवा को लागि आफु गैर आवासीय नेपाली संघ अमेरिकाको बोर्ड अफ डिरेक्टर पदमा चुनावी मैदानमा उत्रेको बताए l

आफु काम गर्न को लागि आएको बताउदै अझ यस गरिमामय संस्था संग समुहमा काम गर्न ईक्षा रहेकोले सो उम्मेदवारी दिनु परेको हो l आफुले धेरै कुराहरु सामाजिक संजालमा राख्नु भन्दा नेतृत्व को साथै समितिका सवै साथीभाईहरुका प्राथमिकतामा परेका र समुदायले चाहेको कुरामा आफ्नो पूर्ण समर्थन रहने बताए l

आफु पदको लोभी नभएको र समाज सेवा गर्ने चाहना रहेकोले बोर्ड अफ डिरेक्टर पदमा दरखास्त दिएको स्पष्ट पारेका छन् l अमेरिकामा बसोबास भएता पनि आप्रवासन अन्तर्गत एच वान बि ,स्थाई आवासीय पत्र ( ग्रिनकार्ड )तथा अन्य सूचना प्रविधि(आइटि )सम्बन्धि रोजगारी तथा अन्य सहयोग गर्दै आई रहेको छु भनि गर्व साथ थापाले बताए l

ट्राबल एजेन्सी (यात्रा अभिकर्ता ) व्यवसायको मार्फत रोजगारी दिएको ,नेपाल र अमेरिका बिच सहि कारणको लागि पुल बन्ने प्रतिबद्धता जाहेर गरेका छन् l आफु एक उधमी भएकोले राजनैतिक दल र आस्था राख्ने भन्दा राष्ट्र पहिला हुनु पर्ने कुरा आफ्नो प्राथमिकतामा पर्छ भने l आफु डलस एवेरेस्ट क्लब को सदस्य साथै पूर्व कोषाध्यक्षमा पनि रहि काम गरेको बताए l यति च्याम्बर अफ कमर्स का निर्वाचित कार्यकारी सदस्य समेतहुन् l

नेपालमा गएको भूकम्पमा आफ़ू स्वयम् नेपाल गै नुवाकोटमा राहत सामग्री प्रदान गरेको र अन्य परोपकारी काम गर्दै आई रहेको छु थापा भन्छन l यसै समाचार मार्फत आफूलाई अमूल्य मत प्रदान गरि बिजयी गराउनु हुन्छ भन्ने विश्वास गर्दछु l र सवै नेपाली समुदायलाई एक पटक मौका दिन आग्रह गरेका छन् l

सबिन्द्र थापा , एनआरएन एनसीसी युएसए बोर्ड अफ डिरेक्टर उम्मेदवार

प्रतिक्रिया