भर्जिनियामा नेपालीहरुको लागी नि:शुल्क स्वास्थ्य उपचार कक्ष ( फ्री क्लिनिक ) खुल्यो

इनेप्लिज २०७४ साउन १ गते १०:१५ मा प्रकाशित

अमेरिका नेपाल महिला संघ ( एन् वा ) को सक्रियतामा भर्जिनियाको रेस्टन शहरमा नेपालीहरुको लागी नि:शुल्क स्वास्थ्य उपचार कक्ष   ( फ्री क्लिनिक ) खुलेको शुभ: समाचार छ।अमेरिकाको भर्जिनियामा स्वास्थ्य चिकित्सा पेशामा संलग्न नेपाली चिकित्सकहरु (डाक्टरहरु) र भर्जिनिया मै स्वास्थ परिचारिका ( नर्श ) पेशामा कार्यरत नेपालीहरुले सेवा दिने गरी नि:शुल्क स्वास्थ्य उपचार कक्ष ( फ्री क्लिनिक ) स्थापना गरिएको हो। नयाँ खुलेको नि:शुल्क स्वास्थ्य उपचार कक्ष ( फ्री क्लिनिक ) को बारेमा नेपाली समुदायलाई जानकारी गराउने कार्यक्रम यही १५ जुलाई २०१७ शनिबारका दिन आयोजना गरिएको थियो।

नि:शुल्क स्वास्थ्य उपचार कक्ष ( फ्री क्लिनिक ) मा नि: शुल्क स्वास्थ परिक्षण गरिदिने चिकित्सकहरु डा. महेस्वोर बैध्य, डा. मदन ऊप्रेती, डा. गुणराज सुबेदी, डा. नारायण धरेल, अमेरिका नेपाल महिला संघ ( एन् वा ) की अध्यक्ष बिजया शाह, पुर्ब अध्यक्ष माधबी बस्नेत कार्की, अर्का पूव अध्यक्ष बिष्णु कुमारी थापा र स्वास्थ्य चौकी ( फ्री क्लिनिक ) संयोजक / स्वास्थ परिचारिका मंजु संग्रौलाले स्वास्थ्य उपचार कक्ष  (क्लिनिक) मा नेपालीहरुले के कस्तो ? बिषयको चिकित्सकहरुसंग के कसरी ? नि: शुल्क ऊपचार गराउन पाऊनेछन् ? भन्ने बारेमा कार्यक्रममा जानकारी गराएका थिए।

अंग्रेजीमा ओपन हाउस् भनिने नि:शुल्क स्वास्थ्य उपचार कक्ष  ( फ्री क्लिनिक ) को घोषणा-शभा सकिए पछीडा. मदन उप्रेती, डा. नारायण धरेल र भर्जिनिया च्यान्टिल्लीका समाजसेवी रामचन्द्र भट्टराई, माधबराज पोखरेल,प्रभा भट्टराई देऊजा लगायतका स्वोयँसेवकहरुले बडो परिश्रम गरेर बिरामी जाँच गर्ने उपचार कक्ष  स्थापना गरेका थिए।

काठमाडौँको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगंजको १२ औँ समुहमा एम. बि. बि. एस. ऊतिर्ण गरेर अमेरिकाबाट पनि आवाशीय चिकित्सक ऊतिर्ण पछी अमेरिकाको चिकित्सक बनेका डा. मदन ऊप्रेतीको १२३५९ सनराईज भ्याली ड्राईभ, रेस्टन, भर्जिनियामा रहेको निजी स्वास्थ्य चौकी (क्लिनिक) मा हरेक महिनाको दोश्रो शनिबार बिहान ९ बजे देखी १२ बजे सम्म नेपालीहरुलाई नि: शुल्क सेवा दिने गरी नि:शुल्क स्वास्थ्य चौकी ( फ्री क्लिनिक ) शुरु गरिएको कुरा स्वास्थ्य चौकी ( फ्री क्लिनिक ) संयोजक स्वास्थ परिचारिका  मंजु संग्रौलाले ईनेप्लीजलाई जानाकारी गराईन्।

ईनेप्लीज डट कम र डिसी नेपाल डट कमले नि:शुल्क स्वास्थ्य चौकी ( फ्री क्लिनिक ) घोषणा-शभाको प्रत्यक्ष प्रशारण गरेको थियो र संसारभरीबाट ५०,०००.०० पचास हजार दर्शकले हेरेका थिए।

अमेरिकामा हजारौं नेपालीको स्वास्थ्य बिमा नभएको र रास्ट्रपती डोनाल्ड ट्रंपको नयाँ स्वास्थ्य नितीले बिमा भएका नेपालीको स्वास्थ्य बिमा पनि खोस्सिएर धर्म संकटमा पर्ने निश्चित भएको अवस्थामा, यस्तो नि: शुल्क स्वास्थ्य चौकी ( फ्री क्लिनिक ) संचालन हुनु भनेको नेपालीहरुको लागी बडो खुशीको कुरा हो – भर्खर भर्खरै अमेरिका आएकी नेपालकी महिला – नेत्री कुसुम भट्टचनले देखेको बताईन्।

प्रतिक्रिया