डिसी क्षेत्रका एकल एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदका उम्मेद्वार परशुराम भण्डारीको भनाई

इनेप्लिज २०७४ असार ३० गते १७:५४ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा बस्दै आएका परशुराम भण्डारी यस क्षेत्र बाट बोर्ड अफ डाइरेक्टर मा उम्मेदवारी दिने एकल उम्मेदवार हुन् l अघिल्लो निर्वाचनमा उप बिजेता रहेका भण्डारी समितिमा नबसे पनि निरन्तर एनआरएन अभियानमा सशक्त भूमिका निर्वाह गर्न कुनै कन्जुस्याई नगरेको उनको भनाई छ l

भोजपुरमा जन्मिएका भण्डारी अध्यक्ष पदका उम्मेदवार झैँ गरि अढाई दर्जन प्रतिबद्धता सार्वजनिक गरेका छन् l सम्भवत समिति सदस्यमा यति धेरै कुराहरु राख्ने मध्ये कै भण्डारी एक हुन l

सवै संग सल्लाह गरेर आफुले उम्मेदवारी दिएको बताउदै यस पटक आफुले एनआरएन मा काम गर्न पाउने आशामा छन् l उनि भन्छन भर्जिनिया निवासी भएकोले भर्जिनियामा मतदाता हरु ७ सय ९९ अर्थात् ८ सय मतदाता रहेकोले आफुले डीसी क्षेत्र मात्र नभई अन्य राज्यका मतदाताले समेत मलाई विश्वास गर्ने बताए l

उनले एक उम्मेदवार भएको हैसियतले आफु को हो र आफ्नो पृष्ठ भुमि को बिगत मा सार्वजनिक गरेका छन् l र उनि को हुन् भन्ने एनआरएन अभियान तथा सामाजिक सेवामा चासो राख्नेले आफुलाई रुचाउने अनुभूति भएको उनको ठहर छ l उनि भन्छन ,यत्रो डिसी क्षेत्रमा आफु मात्र एक सदस्य को प्रत्यासी भएकोले यो आफ्नो लागि ठुलो अवसर भएकोले सकारात्मक परिणाम आउने कुरामा बिश्वस्त छन् l

उनि भन्छन ,एनआरएन संस्था यस्तो संस्था हो जहाँ सबै नेपालीहरू एउटा छातामा अटाउन सकिन्छ l थप गर्दै उनि भन्छन यो सँस्थालाई कुनै पनि किसिमको राजनैतिक रंग लाग्नु हुदैन भन्ने मान्यता उनको छ l

यो सस्था कसैको होइन यो सबैको साझा हो यस्लाई साझा बनाउनु सबैको कर्तब्य पनि हो उनि भन्छन l आफ्नो क्षमता र बिबेकले भ्याएसम्म यसलाई कसैको बनाउन दिने छैन र यो सस्थाको बिपक्षमा कुनै किसिमका मुद्दा मामिला गर्ने छैन भनि प्रतिबद्धता सार्वजनिक गर्न रुपमा राखेका छन् l

उनको अर्को स्पष्ट भनाई नेपालको कुनै पनि पार्टीको भातृसगठनको रूपमा लैजान दिने छैन । यस पबित्र सस्थालाई हामी सबैले आफ्नो सस्था हो भन्ने बनाउन म कुनै कसर बाँकी राख्ने छैन भनि आफ्नो कुरा राखेका छन् l उनि भन्छन ,डिसी क्षेत्र को भोलि को लागि संस्थाको प्रतिनिधित्व गर्दा आफु यहाँ भए पछि डिसी क्षेत्रमा आगमन हुने सरकारी प्रतिनिधित्व ,बिदेशी कुटनैतिक ,अन्य महत्वपूर्ण व्यक्तित्व तथा अन्य निकाय संग भेटघाट,संस्थाले दिएको काम तथा अन्य बिषयमा पनि आफुले संस्थाको तर्फ बाट काम गर्न सक्ने बताए l

उनले आफ्नो परिचय दिदै समस्त मतदाता एवं प्रबाशी नेपालीहरू प्रति आफ्ना प्रतिबद्धताहरु जाहेर गरेका छन् l उनका प्रतिबद्धताहरु नेपालको परिचय दिलाउने नेपाल परेड डे जस्ता कार्यक्रमहरु स्थानीय संघ सस्थासग मिलेर गर्ने तथा अमेरिकामा रहेका सबै सघ सस्थाको छाता संगठन बनाउने पहलमा लबि गर्ने राखेका छन् l

यसै गरि उनले एन आर एन सबै नेपालीहरूको साझा संस्था भएको कुरालाइ पुष्टि हुने किसिमका कार्यक्रम ल्याउने र छरिएर रहेका पूजीलाई संगठित गर्न अहिले संचालनमा आउन लागेका फेडेरल क्रेडिट यूनियन जस्ता सहकारी बैकहरू नेपालीहरूको घना बस्ती भएका शहरहरूमा खोल्न सहयोग गर्ने प्रतिबद्धताहरु संलग्न गरेका छन्

यस पटक आफुलाई समाज सेवा गर्न तिब्र ईक्षा रहेकोले सम्पूर्ण मतदाता हरुलाई मेरा प्रतिबद्धता एक पटक हेर्दै यस पटक बिजयी बनाउन आग्रह गरेका छन् l

उनको परिचय तथा बिस्तृत जानकारी बारेमा यसमा थिच्नु होला :

परशुराम भण्डारी

परशुराम भण्डारी बोर्ड अफ डाइरेक्टर उमेद्वार

प्रतिक्रिया