पोखराको हर्पन खोलामा डुबेका मानिसको उद्धार गर्न गहेका जवान आफै हिलोमा गडेर मृत्यु(स्थलगत रिपोट)

इनेप्लिज २०७४ असार २८ गते २:३२ मा प्रकाशित

A heroic policeman died while trying to detect the bodies of two person who were drowned into the flood of Harpan Khola, Pokhara. Bal Bahadur Kunwar, 26 was there to rescue or detect the bodies but unfortunately he himself drowned into the flood]

सोमवार माछा मार्ने क्रममा हर्पन खोलामा डुवेका युवाको खोजीमा गएको प्रहरी टोलीका एक सदस्यको ज्यान गएको छ । मंगलवार विहान बेपत्ता युवाको शब देखेपछि निकाल्न खोलामा पसेका प्रहरी जवानको डुवेर ज्यान गएको हो ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत रेस्क्यु टिमका सदस्य प्रहरी जवान बल बहादुर कुवँरको डुवेर ज्यान गएको हो । सोमवार खोलामा डुवेर बेपत्ता मध्ये पोखरा ३ नदिपुरका ललित पुनको शब देखेपछि निकाल्न खोलामा पसेका कुँवर आफै डुवेका थिए । खोजीका क्रममा सुरुमा खोलामा पसेका उनले खोलाको पिँधमा शब देखेपछि पानीको सतहमा आएर उद्धारमा संलग्न अन्यलाई जानकारी गराई पुन डुवेका थिए । त्यसपछि वाहिर ननिस्किएपछि उनलाई अन्य उद्धार टोलीले खोजी गरी वाहिर निकालेको थियो ।

पानीमा डुवेर गम्भिर घाइते भएका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको कास्की प्रहरीले जनाएको छ । बेपत्ता मध्ये मंगलवार विहान ८ बजे ललितको शब निकालिएको थियो । त्यसको झण्डै डेढ घण्टापछि साढे ९ बजे बेपत्ता अर्का युवा इन्द्र इन्द्र पुनको पनि शब भेटिएको थियो ।

फेवातालको मुहान हर्पन खोलामा सोमवार दिउसो माछा मार्न गएका ७ मध्ये पाँच जना सकुसल रहेपनि पुन द्धय डुवेर बेपत्ता भएका थिए । सोमवार साझ सम्म खोजी गर्दापनि नभेटिएपछि मंगलवार विहानैबाट पुन खोजी सुरु गरिएको थियो । त्यसका लागि रेस्क्यु टिमका प्रहरी सहायक निरिक्षक रामु भण्डारीको कमाण्डमा ८ जना रेस्क्यु टोली र सशस्त्र प्रहरीको टोली र अन्य प्रहरी खोजी तथा उद्धारमा संलग्न भएका थिए ।

पर्वतको कुश्मा नगरपालिका १२ का कुँवर यसअघि पनि विभिन्न समयमा पोखराको सेती नदी, डेभिड फल्स लगायतका स्थानमा खसेका तथा तालमै डुवेका ब्यक्तिहरुको उद्धारमा समेत संलग्न थिए ।प्रस्तुत छ स्थालगत रिपोर्ट

प्रतिक्रिया