एनडब्लुजिएन न्युइङ्गल्याण्ड शाखाले ले तीजको बिशेष कार्यक्रम गर्ने

इनेप्लिज २०७४ असार २८ गते ०:५९ मा प्रकाशित

 

नेपाली वुमेन ग्लोबल नेटवर्क ( नेपाली महिला बिश्व संजाल ) को न्युइङ्गल्याण्ड शाखाले तीजको बिशेष कार्यक्रम गर्ने भएको छ l महिलाहरुको महत्वपूर्ण पर्व तीज कार्यकम आगामी अगस्त महिनाको ५ तारिख शनिबार मनाउने निधो गरेको छ l स्थापना काल देखि नै न्युइङ्गल्याण्ड शाखाले महिलाहरुका बिबिध बिषयमा काम गर्दै आएको छ l

पहिलो पटक आधिकारिक रुपमा मनाउने भएकोले बृहत बोस्टन क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महिला दिदि बहिनिहरुलाई सहभागी हुन् आब्हान गरेको छ l शाखा कि अध्यक्ष निर्मला शेरचन तथा उनको समूहको बिशेष पहलमा तीजको आयोजना गरिने छ l नेपाली महिला बिश्व संजाल कि अध्यक्ष रुक्मिणी कार्की उक्त शाखा कि सल्लाहकार हुन् l कार्कीले यस क्षेत्र का सवै महिला दिदि बहिनिहरुलाई समेट्ने र बिदेशमा भएता पनि कसैले माईति को सम्झनामा दुखित नहुनु परोस भन्ने पवित्र उद्देश्यले यो आयोजना न्युइङ्गल्याण्ड शाखाले गरेको बताईन

तीज कार्यक्रम हुने स्थान:

The venue: 191 HIGHLAND Avenue Somerville, MA 02143
TIME: 6:00pm to 11:00pm
DATE: Saturday AUGUST 5, 2017

 

प्रतिक्रिया