युवा उद्दमी एवं समाजसेबी क्षेत्री एनआरएनए सदस्यमा लड्दै

इनेप्लिज २०७४ असार २६ गते २१:५७ मा प्रकाशित

डलास, युवा उद्दमी तथा समाजसेबी शुशिल छेत्रीले आफुलाई ३ लाख नेपालीहरुको प्रतीनिधीको रुपमा “एन.आर.एन” संस्थाको (बोर्ड ओफ डाइरेक्टर) पदमा अघी सारेका छन । लगभाग २ दशक देखी टेक्सास राज्यमा बसोबास गर्दै आएका शुशिल छेत्री सानै उमेर देखी स्थानिय समाजको सु:ख-दु:ख, मर्दा-पर्दा, धर्म-कर्म, चाड-बाडमा हमेशा अग्रसर हुनुहुन्छ ।

नेपाल मा प्रकृतिक प्र्कोप आउँदा सदैब पहिचान लुकाएर सहयोग गर्ने , चाहे भूकम्प आउँदा होस,, या बाडी पहिरो आउँदा कलाकार बिरामी हुँदा होश, या पत्रकार जखमि हुँदा । कर्णाली बासी हुन या चेपाङ्ग बासी । स्कुल होश या धर्मसाला । नेपाल र नेपाली भने पछी मरिमेट्ने अझ भन्नु पर्दा हुरुक्कै हुने सबैका प्यारा सबैका शुभचिन्तक मिलनसार मेहेनती होनहार युवा शुशिल छेत्री १९ बर्ष को उमेरमा विद्यार्थी भिसामा बेलिभ्यु बिद्यालय नेब्रास्का अध्यायनका लागि २१ बर्ष अघाडी अमेरिका आउनु भएको थियो

२१ बर्ष अघाडी अमेरिका आउनु भएका छेत्री ड्ल्लास टेक्ससका एक सक्षम कुशल ब्यापरी हुन । रेस्टुरेन्ट, पार्टी प्यालेस्, तेल पम्प्, फूड स्टोर का मालिक नेपाली युवाहरुका बिच नेपाली सल्मान खानका नामले पनि चिनिन्छन ।स्थानिय बास्केट बल्ल टिम होसा या फुट्बल टिम सदैब सहयोग गर्छन । आफु पनि “ए. एन ए.” मा २-३ पटक खेलेका रहेछन । सुशिल छेत्री ड्ल्लासका नयाँ पिडिका युवाहरुका लागी इन्स्पिरेसन हुन ।

उनि भन्छन समाज सेवा या देश सेवा गर्नका लागी संस्थामा हुन आवस्यक पर्दैन । तर संस्थागत रुपमा प्रभाबकारी काम गर्नका लागी संस्था भित्र हुनुपर्ने भएकाले म बोर्ड ओफ डाइरेक्टर को पदमा आफ्नो उम्मेद्वारी दिएको बताउँछन । छेत्री थप्छन म यस समाजको एक ब्यक्ती हु र मेरो दायित्व हुन्छ कि आफ्नो र आफु बसेको समाजको बिकास र निरन्तरताका लागी केहि न केहि गर्नु पर्दछ यही नै हामी हिन्दू धर्मवालम्बी हरुको कर्म हो र हाम्रो कर्म नै हाम्रो धर्म हो भन्ने बिस्वासका साथ म अगाडी बडेको छु । तपाइको भोटलाई म खेर जान दिन्न ।

तपाईं ले मलाई बिस्वास गर्नुश । म तपाईहरुको चाहना , जिज्ञासा,बिचार्,सोच्, र परिवर्तन को आवज बनेर ” एन.आर.एन” मा धड्किने छु प्रतिनिधित्व गर्ने छु । यो तपाईहरुलाई मेरो भिष्म प्रतिज्ञा हो । अब बाँकी तँपाई हौको सो इच्छा ।

प्रतिक्रिया