र्यापर खोक्का बाबा नयाँ गित “गोल्डेन चेन” लिएर आउँदै

इनेप्लिज २०७४ असार २६ गते १३:१४ मा प्रकाशित

न्यूयोर्क – प्रबाश मा रहेर पनि नेपाली गित संगीत लाई माया गर्ने तथा गित संगीत सृजना मा आफु लाई व्यासत राख्ने जमात को कुनै कमी छैन । त्यही मध्ये खोक्का बाबा पनि एक हुन । सानै देखी कलाकारीता मा रुची राख्ने खोक्का बाबा न्यूयोर्क मा बसोबास गर्छन ।

अब केहि दिन भित्र मा नै “गोल्डेन चेन” नामक र्याप गित लिएर आउन लागेका छन । केहि दिन अघी मात्र उक्त भिडियो को ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर अति मन पराए पछी दर्शक हरु को लागी हरेक बर्ष एउटा गित बजार मा लिएर आउने कुरा जान कारी गराए ।


उक्त गित एक र्याप गित हो जसमा नेपाली मादल र बासुरी समेत प्रयोग गरिए को छ । माया प्रेम साथै नेपाली राजनिती र बिचलित बेरोजगार युबा को भाबना पोखिएको छ।

फरक शैली को कारण आफ्नो गित निकै राम्रो हुने मा र्यापर खोक्का बाबा बिश्वस्त छन । नेपाली गित संगीत लाई बिश्व स्थर मा लिएर जान को लागी आफ्नो तर्फ बाट सधै पहल हुने कुरा बताए । पोखरा निबासी खोक्का बाबा को बास्तबित नाम सुरेन्द्र बास्तोला हो ।

भर्खरै मात्र उक्त गीतको टीजर युटुब मार्फत सर्वजनीक गरीएको छ । उक्त याप गीतको म्युजिक भिडियो मा खोक्का बाबा, प्$म्, रंजीत गौली, अनु खड्का, केनी कैली, बाबु वाग्ले, सरोज ओली, शंक नारायण प्रजापती, दीवस वराल, ज्याक तामाङ, नेगी समकरदेज, ऐड्रीअ फाँस्र्टर ले अभिनय गरेका छन् । उक्त म्यूजीक भिडीयोलाई आर जे सि ले निर्देशन गरेका छन् भने क्यमेरामा शम्भु मोक्तानले साथ दिएका छन् । उक्त गित लाई रोवर्ट ब्राउनले मीक्सीङ गरेका हुन ।

प्रतिक्रिया