अमेरीकाका १० प्रमुख तनावपूर्ण पेशाहरु : होसियार ,खाने कि नखाने?

इनेप्लिज २०७४ असार २५ गते २३:४९ मा प्रकाशित

अमेरिका आउने भनेको मुद्रा कमाउने हो l अमेरिकामा कहिलेकाही जागिर नपाउदा मन आत्तिन्छ l के र कसो गरौ भन्ने हुन्छ l जागिर निकै समय सम्म अमेरिकामा भएन भने ठुलो संकट आई पर्छ l हुदा छदा को मानिस सडकमा पनि आउन सक्छ l त्यो जस्तो दुर्भाग्य केहि हुदैन l अमेरिकामा जागिर नपाईने भन्ने हुदैन तर आफुले चाहे जस्तो जागिर खोज्ने हो भने युग पनि बित्न सक्छ l

अमेरिकामा नेपालीले जे पनि काम गर्ने हुनाले काम पाई हाल्दछन l अमेरिकामा काम भन्ने बितिकै सबै राम्रा हुन्छन भन्ने होईन l सजिलो काम भन्ने अमेरिकामा हुदैन l अमेरिकामा काममा सम्झौता गरिन्छ l अमेरिकामा धेरै तनावपूर्ण जागिर भएको कारण मानिसले लुगा फेरेको जस्तै पटक पटक जागिर परिवर्तन गर्दछन l अर्को जागिरको व्यवस्था नहुन्जेल मजबुरीका नाम महात्मा गान्धी भन्ने उखान झैँ मानिस लाचार हुन्छन l जस्तो सुकै काम भए पनि घर चलाउन काम गर्न बाध्य हुन्छन l यो लेख बिदेशी पत्र पत्रिकामा प्रकाशित लेखहरुको आधारमा नेपाली समुदायलाई जानकारी दिने उद्देस्यले लेखेको हो l

अमेरिकाका १० सबै भन्दा तनाबपूर्ण जागिरहरु : अमेरिकाको सबै भन्दा तनावपूर्ण जागिर भनेको खानीमा काम गर्नेलाई मानिन्छ किनभने लामो समय सम्म राति सम्म काम गर्नु पर्ने ,सुर्य देख्न नपाईने तथा ताजा हावा नपाईने हुनाले तनावपूर्ण मानिन्छ l

यसै गरि संस्थाका उपल्लो दर्जा तथा कार्यकारी अधिकृतको पनि तनावपूर्ण मानिन्छ किनभने उनीहरुको समय निर्धारण हुदैन l अत्यन्तै दुर दृष्टि भएको हुनु पर्ने, सफलता र असफलताको कारण एकै छिनमा जागिर चट हुने हुन्छ l पैसा भएता पनि निकै तनावपूर्ण मानिन्छ l

संचार माध्यमका सम्बाददाताको काम निकै कठिन तर तलब कम हुने हुन्छ l कति खेर र कहिले कहाँ जानु पर्ने ठेगाना हुदैन l बिदा र छुट्टि कम पाईने हुनाले तनाव मै रहने हुनाले यसलाई पनि तनावपूर्ण जागिर ठानिन्छ l

यसै गरि हवाई जहाजमा यात्रा गर्ने हवाई जहाजका कर्मचारी निकै तनाबमा हुन्छन l अरु कर्मचारी भन्दा बिमान चालकको जागिर निकै तनाव पूर्ण मानिन्छ l यात्रीहरुको ब्यबहार तथा अन्य कारणले तनाव मै जीवन जाने पनि हुन्छ l

यसै गरि आपतकालीन अवस्थामा बचाउने कर्मचारीहरुको जागिर पनि निकै तनावपूर्ण मानिन्छ l बरुण यन्त्र र अग्नि नियन्त्रक तथा आकस्मिक रुपमा काम गर्ने प्राबिधिकहरुले समय र काल भन्न नपाउने हुनाले तनावपूर्ण नै मानिन्छ l

अर्को तनावपूर्ण चिकित्सा पेशालाई मानिन्छ l लामो समय सम्म काम गर्नु पर्ने र निरन्तर दबाव खप्नु पर्ने हुन्छ l शल्य चिकित्सक ,मानशिक चिकित्सक ,दन्त्य चिकित्सकले धेरै समय काम गर्नु पर्ने अवस्था आई पर्दछ l अधिकासं उभिएर पनि काम गर्नु पर्ने हुनाले तनाव मै अधिक समय बित्दछ l उनीहरुको ब्यबहार र कामको कारण अस्पताल चल्ने र नचल्ने हुनाले निकै कडा मेहनत गन्रु पर्ने हुनाले तनाव रहने हुन्छन l

अर्को तनावपूर्ण शिक्षक पेसालाई पनि मानिन्छ l पढाउने मात्र नभएर धेरै योजना ,कागजात तथा अन्य बिबिध काम गर्नु हुन्छ l तुलनात्मक रुपमा तलब र सुबिधा अन्य पेशा भन्दा कम हुने पनि हुन्छ l जहिले पनि निरन्तर दवाब मै देखिन्छन l

अर्को खतरा ,जोखिम र तनावपूर्ण प्रहरी पेशालाई मानिन्छ l स्थानीय क्षेत्रमा काम गर्ने प्रहरी अधिकृत हुन् या प्रहरी बिभागमा या राजमार्गको गस्ती गर्ने सदैब तनावपूर्ण रही रहन्छन l सदैव जीवन हत्केला राखेर हिड्नु पर्ने हुन्छ l अमेरिकामा बन्दुक सर्बसाधारणले राखें चलन भएकोले ज्यान जाने र मारिने घटना निरन्तर घट्ने हुनाले बिहान हिडेको मानिस घर फर्कन्छ कि फर्कदैन भन्ने तनाव रही रहन्छ l

अर्को तनावपूर्ण पेशा सुरक्षाको लागि तैनाथ रहने सैनिकको हुन्छ l परिवार बाट छुटिन्नु पर्ने हुन्छ l सदैब अमेरिकामा ज्यादा चनाखो र सतर्क हुनु पर्ने ,धम्कि ,त्रास आउने हुनाले अमेरिकामा यो पेशा निकै तनावपूर्ण मानिन्छ l आतंकबादीको सुचिमा अमेरिका अग्र पंक्तिमा भएकोले यो पेशामा निकै तनाव रहन्छ l

अर्को सबै भन्दा ठुलो तनाब अभिभावक दुवै काम गर्दा आफ्ना सन्तानलाई त्यति ध्यान पुग्न नसक्दा उनीहरु दुख मान्दछन l जुन समयमा छोराछोरीलाई हेरचाह गर्नु पर्ने हो त्यो समयमा आफु र आफ्ना परिवार दुवै दिवा समयमा काम गर्नु पर्ने हुनाले समय व्यवस्थापन गर्न हम्मे हम्मे हुन्छ l तर दुवै जना काम नगर्दा परिवार चलाउन गार्हो हुने हुनाले अमेरिकन जीवन यसरि नै चलि रहेको हुन्छ l यस्तो हुँदा तनाव मानिन्छ l

धेरै आमाबुवा शिक्षक ,शैनिक ,प्रहरी तथा चिकित्सा पेशामा भएकोले सन्तान घरमा हुने हुनाले राम्रो समय दिन सकिदैन l सक्ने अवस्था नभएकोले यी पेशालाई तनावपूर्ण मानिन्छ l

प्रतिक्रिया